कोरोना संक्रमितलाई कोहलपुर स्थानान्तरणका क्रममा भएको अवरोधप्रति प्रदेश कृषीमन्त्री दुःखी


नेपालगन्ज ८ जेठ : प्रदेश नं. ५ की कृषी मन्त्री आरती पौडेलले नरैनापुरका कोरोना संक्रमितलाई कोहलपुरस्थित कृषी तालिम केन्द्रमा स्थानान्तरण गर्ने क्रममा भएको अवरोध प्रति दुःख व्यक्त गरेकी छन् ।

नरैनापुरका ४१ जना संक्रमितलाई आइसोलेशनका लागि ल्याउने क्रममा राती अवरोध सिर्जना भएको हो ।

मन्त्री पौडेलले प्रेस बिज्ञप्ती जारी गरी उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मुस्किल अवस्थामा एकले अर्कोलाई सहयोग गर्ने परम्परालाई नबिर्सिन अनुरोध गरेकी छन् ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७७, बिहीबार ०७:३७  |