प्रेस संगठन बाँकेले ‘भर्चुअल मिट द प्रेस’ गर्ने,सरोकारवाला निकायका अगुवा अतिथी रहने


नेपालगन्ज ८ जेठ : प्रेस संगठन बाँकेले ‘भर्चुअल मिट द प्रेस’ कार्यक्रम सन्चालन गर्ने भएको छ ।

जिल्लामा कोरोनाको कारण एक जनाको मृत्यु भइसकेको र ९९ ना संक्रमित भएको अवस्थामा यस सम्बन्धमा आगामी दिनमा समाचार संकलन र सूचना आदानप्रदान सरल, सहज बनाउनका लागि भर्जुअल मिट प्रेस कार्यक्रम सन्चालन गर्न लागेको हो ।

सरोकारवाला निकायका अगुवा एवं प्रतिनिधिसंग अनलाइनको माध्यमबाट अन्तरक्रिया र संवाद गराउने प्रेस संगठन बाँकेका संयोजक डक्ट धितालले बताए । लकडाउनका कारण संचारकर्मीहरु घरमै रहेको र सरोकारवाला निकायबाट समयमै सूचना आदानप्रदान हुन नसकेको अवस्थामा भर्चुअल मिट द प्रेस प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यस कार्यक्रममा बाँकेका सबै सन्चारकर्मीलाई सहभागि भइदिन र सरोकारवाला वक्ता एवं प्रतिनिधि तय भइसकेपछि बाँकी कार्यक्रमको समय तय गरिने सहसंयोजक हेमन्त बिकले बताए ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७७, बिहीबार १६:५४  |