बाँकेमा नयाँ दुई जना थपिएसंगै कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो


नेपालगन्ज ८ जेठ : बाँकेमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । बिहिवार थप दुई जना थपिएसंगै संक्रमितको संख्या एक सय १ पुगेको हो ।

यसअघि उक्त संख्या ९९ थियो । जिल्लाको नरैनापुर गाउँपालिकामा यस अघि एकजनाको मृत्यु भइसकेको छ । उनी सहित एक सय १ पुगेको हो । सोही ठाउँमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । त्यस्तै नेपालगन्जमा २५ जना र खजुरागाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् ।

बिहिवार प्रदेश पाँचको बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस पोजेटिभ पाइएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेको नरैनापुर–३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा तथा कपिलवस्तु सद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसगैं नेपालमा कोरोना संक्रमित संख्या ४ सय ५७ पुगेकोछ ।

बाँकेको खजुरा गाउँपालिकामा कोरोना भाइरस संक्रमित संख्या दुई पुगेकोछ ।

यस्तै बिहीबार मात्रै प्रदेश पाँचको दाङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पोजेटिभ पाइएकोछ ।

दाङ घोराहीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको बताइएको छ ।

प्रकाशित मितिः     9:17:07 PM  |