
नेपालगन्ज १४ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेमा नयाँ सिडिओको रुपमा आएका राम बहादुर कुरुम्बाङले कार्यभार सम्हालेकै दिन निषेधाज्ञाको जारी गरेका छन् ।
कोरोनाका कारण एक जनाको मृत्यु र १ सय ५४ जना संक्रमित भएको बाँके देशकै सबैभन्दा धेरै कोरोना प्रभावित जिल्ला बनेका बेला यहाँ लकडाउनमा कडाई गर्नुपर्ने आवाज पहिलेबाटै उठ्दै आएको हो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी माथि लकडाउन कार्यान्वयन गराउन नसकेको आरोप लागेको थियो । तर नयाँ सिडिओ आए लगत्तै जिल्लामा लकडाउन कार्यान्वयनमा कडाई मात्र होइन निषेधाज्ञा नै जारी भएको छ ।

बुधवार रातीबाट कार्यान्वयन हुने निषेधज्ञामा अत्यावश्यकीय सामाग्री खोल्न पाइने उल्लेख गरिएको छ । यद्यपी यसरी खोल्न पाइनेमा भोजनालयदेखि वर्कसपसम्म रहेकाले सर्बसाधारणलाई अन्यौल बनाएको छ ।
व्यवसायीक वक्र्ससप र भोजनालय हुन वा कार्यालय प्रयोजनका लागि हुन भन्ने स्पष्ट भएको छैन । सूचनामै उक्त विषय उल्लेख भएपछि धेरै सर्वसाधारण अन्यौलमा छन् । हेर्नुहोस् प्रशासनको निषेधाज्ञा सम्बन्धी सूचना ।

