#NepalBudget2077 : बजेटमा यस्ता छन् कृषीका प्राथमिकता


काठमाडौं । आगामी आर्थिक वर्ष २०७७र०७८ मा कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले कृषि उत्पादनलाइ उत्पादन बढाउँदे उल्लेख्य बजेट छुट्याइएको बताए । खतिवडाले आगामी वर्षभित्र दुध, मासु र तरकारीमा आन्तनिर्भर हुने गरी कार्यक्रम अघि बढाएको बताए ।

कृषि क्षेत्रलाइ काम र रोजगारी सिर्जना गर्ने क्षेत्रका रुपमा कार्यक्रम अघि बढाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परिमार्जन गर्दै एक स्थानीय तहमा एक पकेट क्षेत्र बनाएर कार्यक्रम ल्याइएको बताए । त्यसका लागि ३ अर्ब २२ करोड बजेट छुट्याइएको खतिवडाले बताए ।

रासायनिक मल अनुदानमा ११ अर्ब बजेट छुट्याइएको उनले बताए । कृषि उपजको बजार व्यवस्थापन गर्न विभिन्न हाट बजार सञ्चालनमा ल्याइने उनले बताए । उनले ७८ ओटा कृषि बजार तथा हाट बजार सञ्चालनमा ल्याइने गरी स्थानीय तहसँग समन्वय गरिएको बताए ।

कृषि तथा पशुपन्छी बीमाको दायरा बढाइएको छ । कृषिको उत्पादन बढाउन मोबाइल एप्समार्फत मौसम, बीउ र प्रविधिको प्रयोग बढाइने छ ।
भूमि बैंकमार्फत भूमि खेती गर्नेलाइ अनुदानको व्यवस्था मिलाइएको छ । खाद्यान्न सञ्चय गर्न खाद्यान्न बैंकको व्यवस्था गरिएको छ ।

१० हजार नर्सरीका विरुवा रोप्ने कार्यक्रमलाइ अभियानको रुपमा अघि बढाइने भएको छ । सहकारी संघसंस्थामार्फत ऊन र धागो बनाउन अनुदानको व्यवस्था मिलाइएको छ ।

कृषि अनुसन्धान परिषद्को क्षमता बढाइने छ । कृषकलाइ व्यवसायिक पशुपालनमा जोड दिने कार्यक्रम अघि बढाइएको छ । मुख्य नाकामा पशु क्वारेन्टाइन निर्माण गरिनेछ ।

कृषि ऋणमा सहज पहुँच किसान क्रेडिट कार्डको व्यवस्था गरिनेछ । २२ हजार हेक्टर जमिन सिँचाइ गर्न २ अर्ब ३२ करोड बजेट छुट्याएको खतिवडाले बताए ।

महाकाली सिँचाइ आयोजनालाइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइने छ । त्यसका लागि १० अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७७, बिहीबार १७:०५  |