कोरोना भाइरस, यसको सँक्रमण बारे सोधिने प्रश्न र त्यसका सरल उत्तरहरू


(नोबेल कोरोना भाइरसका बारे यहाँ प्रश्न र उत्तरहरू छन् । हामी भविष्यमा आउने फरक अवस्थाहरू हेरेर यसलाई परिमार्जन पनि गर्नेछौं ।)

  • भेरी अस्पतालले वेयभसाइडमा राखेको विषयबस्तुलाई यहाँ साभार गरेका छौंं

कोभिड-१९ को जोखिममा को को छन् ?

कोरोना भाइरसका कारण लाग्ने रोग जुन २०१९ मा विश्वमा फैलियो, त्यसलाई नै कोभिड‍-१९ भनिएको हो ।वैज्ञानिकहरूले अहिले सम्म ठ्याक्कै कस्ता व्यक्तिमा धेरै जोखिम छ र कस्तालाई कम भनेर पूर्णरुपमा ठम्याई सकेका छैनन् । अध्ययनहरू हेर्दै यसमा थप्दै जानेछौं ।

अहिले सम्मको विश्वको तथ्यांक हेर्दा, ७० बर्ष नाघेका व्यक्तिहरूमा यो भाइरसले जटिल रोग ल्याउने र ज्यान जोखिमा पार्ने देखिएको छ ।

उमेर बाहेक, रोग प्रतिरोधात्मक शक्ति कम गराउने रोगहरू जस्तै मधुमेह, फोक्सोका रोग, मुटुरोग आदीले पनि जटिल कोभिड‍-१९ लाग्ने जोखिम बढाउँछ । फोक्सोमा समस्या भएकाहरूमा पनि यो रोगको जटिलता बढि देखिन्छ । फोक्सोमा समस्या गराउने अवस्थाहरू अत्याधिक मोटो हुनु, नियमित चुरोट, खैनी, सुर्ती वा रक्सी पिउनेहरू हुन् ।

नोभेल कोरोना भाइरसबाट म कसरी बच्न सक्छु ?

अरु रुघा खोकी गराउने भाइरसबाट बचेको जसरी सजिलै यो भाइरसबाट पनि बच्न सकिन्छ ।

साबुनपानीले राम्ररी हात धुनुभयो भने, र हात नधोई नाक मुख आँखा छुनुभएन भने यो भाइरस शरिरमा छिर्न पाउँदैन । साथै अरु मान्छेका वरिपरी भएका बेला नाक मुख छोप्ने गरेर मास्क लगाउनु भयो भने उनीहरूबाट यो भाइरस सर्ने सम्भवाना धेरै कम हुन्छ।

कोरोना भाइरस लागे पछि के हुन्छ ?

सामान्यत: कोरोना भाइरसको सँक्रमण भएकालाई केही पनि असामान्य लक्षण देखिँदैन । नेपाल सरकारले अहिलेको लागी रोग देखिएका सबैलाई अस्पतालमा भर्ना गर्ने गरेको भए पनि, बिरामी आफ्नै घरमा कतै ननिस्केर १४ दिन बिताउँदा रोग शरिरबाट हराउँछ भनिन्छ ।

एक पटक कोभिड‍‍-१९ लागेर निको भएपछि फेरी कहिल्यै लाग्दैन रे हो ? अहिले सम्मको अध्ययनले यही देखाएको छ। करिब करिब सबै रोग लागेकाहरू सो रोगसँग जितेर अघि बढेपछि फेरी यही रोग लाग्ने सम्भवाना धेरै कम हुन्छ । तर रोग जितिसकेपछि ढुक्क हुन मिल्ने अवस्था अझै भइसकेको छैन किन भने अझै अध्ययन भइरहेको छ ।

कोरोना भाइरस सँक्रमण भएकाहरू मध्ये कति जना निको हुन्छन् ?

सबै जसो कोरोना भाइरस सँक्रमण भएकाहरू दुई हप्तामा निको हुन्छन् । अस्पतालमा जटिल रोग लागेकहरू पनि धेरै जसो निको हुने गरेका छन् ।

##रुघा खोकी नलागेका मान्छेले पनि कोरोनाभाइरस सार्न सक्छन् ?

हो, कोरोना भाइरसको सँक्रमण भएको पहिलो केही दिन सम्म कुनै लक्षण नदेखिँदै पनि संक्रमित व्यक्तिले स्वस्थ व्यक्तिलाई यो भाइरस सार्न सक्छन् ।तर धेरै जसो सर्ने भनेको चांहि रुखा खोकी लागेका सँक्रमित व्यक्तिबाट हो ।

सँक्रमित व्यक्तिले कति दिन सम्म रोग सार्न सक्छ?

सँक्रमित व्यक्तिले सँक्रमण भएको १-२ दिन देखि नै रोग सार्न सक्छन् । सँक्रमण सार्न त कुनै लक्षण पनि देखिनु पर्दैन । सामान्यत: हप्ता दिन सम्म रोग सार्न सक्छन् सँक्रमित व्यक्तिले । निकै जटिल सँक्रमण देखिएकाहरूले २ हप्ता सम्म यो रोग स्वस्थ व्यक्तिलाई सार्न सक्छन् ।

के कोरोनाभाइरस सतहबाट सर्छ?

अहिलेसम्मनको सुचना अनुसार सर्दैन। भाइरस बदलिदो तापक्रममा सतहमा धेरै बेर रहन सक्दैन। सफा गर्ने साबुनले सजिलै कोरोना भाइरसलाइ मार्न सक्छ। हस्पिटलमा चै अलिकति बढी जोखिम हुन सक्छ किनभने त्यहाँ धेरै बिरामी र लक्षण देखिएकाहरु हुन्छन। अत्यन्त जरुरि बाहेक अस्पताल नजानु राम्रो हो।

के फोहोर बाट भाइरस सर्छ?

मुख्यत खोक्दा र हाच्छिउ गर्दा मुखबाट निस्किने छिटाले गर्दा यो भाइरस सर्ने हो। मान्छेको जिउ बाट बाहिर हुने बित्तिकै भाइरस बाच्ने सम्भावना एकदम कम हुन्छ। त्यसैले फोहोरको माध्यमबाट सर्ने सम्भावना नि कम हुन्छ।

मलाई रुघा खोकी लागेको छ। यो कोरोनाले हो कि हैन भनेर कसरी थाहा पाउने?

रुघा खोकी लागेकै भरमा कोरोना भएको त मान्न सकिन्न । तर तपाईँले कोरोना सँक्रमण भएको मान्छे कसैलाई भेट्नुभएको छ भने, तपाईँको छिमेकमा कोही छ जसलाई सँक्रमण पुष्टी भएको छ भने अस्पताल गएर जाँच गराउन सक्नुहुन्छ । याद गर्नुपर्ने कुरा के भने मास्क लगाउनुहोला, हात धुनुहोला । परिवारबाट पनि १ मिटरको दुरी बनाउनुहोला, ताकी कोरोना सँक्रमण रहेछ भने पनि आफन्तलाई नसरोस् ।

कोरोनाभाइरस सँक्रमणको छ कि छैन भनेर कस-कसले जाँच गराउने हो ?

नेपाल सरकारले केही गाइडलाइनहरू बनाएको छ । तपाईँको नजिकको कोहीलाई कोरोना सँक्रमण देखिएको छ भने, वा कसैसँग भेट भएको छ भने जाँच गराउँछन् । साथै तपाईँमा कुनै जटिल लक्षणहरू देखिएका छन् भने पनि सो जाँच गरिन्छ । अहिले केही अस्पतालहरूले कुनै कारणले अस्पताल भर्ना हुन पर्ने भयो वा शल्यक्रिया गराउन पर्ने अवस्थाका सबै बिरामीहरूको कोरोना जाँच गराउने गरेका छन् । यसरी जाँच गराउँदा, रोग थप नफैलियोस्, अस्पतालमा सँक्रमण नबढोस् भनेर हो ।

देशमा भएका सबैको जाँच किन नगरेका ?

केही लक्षण पनि नभएका र कोरोना सँक्रमण भएका सँग सम्पर्कमा पनि नआएका व्यक्तिहरूलाई अहिले जाँच गर्न जरुरी देखिँदैन ।यसको अर्को कारण पनि छ, यो भाइरस शरिरमा पस्ना साथ टेस्टमा नदेखिन पनि सक्छ । साथै यो टेस्ट गर्न ठूलो ल्याब र धेरै समय पनि लाग्छ। सबैजनाको टेस्ट गर्न थाल्दा, रोग फैलिन सक्ने ठाउँहरुको टेस्ट ढिलो हुन्छ ।

र्‍यापिड टेस्ट र पिसिआरमा फरक के हो ?

पिसिआर टेस्ट भनेको नाक भित्रबाट थोरै सिँगान निलाकेर त्यसमा कोरोना भाइरस छ कि छैन भनेर हेर्ने हो । यसले सँक्रमण छ कि छैन बनेर देखाउँछ, तर यो टेस्ट पनि पोजिटिभ आउन शरिरमा भाइरस पसेको ३-४ दिन भएको हुन पर्छ । तर पिसिआर टेस्ट गर्न धेरै मान्छे, ठूलो ल्याब र धेरै समय लाग्छ । र्‍यापिड टेस्ट भनेको एन्टिबडी टेस्ट हो । कसैलाई सँक्रमण भको १-२ हप्ता मा मात्र यो टेस्ट पोजिटिभ आउँछ । त्यसैले र्‍यापिड टेस्ट नेगेटिभ आउँदैमा रोग छैन भन्न सकिन्न, किन भने भाइरस केही दिन अघि मात्र शरिरमा पसेको रहेछ भने टेस्ट नेगेटिभ आउँछ।

र्‍यापिड टेस्ट पोजिटिभ आयो भने के बुझिन्छ ? ढुक्क हुन पाइन्छ त ?

र्‍यापिड टेस्ट पोजिटिभ आयो भने एकपटक सँक्रमण भइसक्यो, शरिरले सो भाइरससँग लड्ने एन्टिबडी बनाइसक्यो भनेर बुझिन्छ । तर याद गर्न पर्ने कुरा के हो भने कुनै पनि टेस्ट १००% सही हुँदैनन् । कुनै पनि लक्षण छैन र पनि पोजिटिभ आयो भने राम्रो कुरा हो, तर सुरक्षित बस्नुपर्छ – कम्तिमा २ हप्ता । नेपालमा र्‍यापिड टेस्ट पोजिटिभ आयो भने पिसिआर प्रविधिबाट फेरी जाँच गर्ने गरिएको छ, जसले सँक्रमण अझै छ कि छैन भनेर देखाउँछ ।

के गर्भवती महिलालाई कोरोना भाइरसले असर गर्ने धेरै सम्भावना हुन्छ?

अहिलेसम्मन पत्ता लागेको कुराले गर्भवती महिलालाई उही उमेरको अरु महिलालाइ भन्दा बढी असर गरेको देखिएको छैन।

के कोरोना भाइरसले गर्भाबश्थामा जटिलता ल्याउँछ?

अहिले सम्म यसको बारेमा प्रशस्त जानकारी छैन। जति जानकारी छ त्यसले कोरोना भाइरसले गर्वाबस्थामा जटिलता भएको देखाउदैन। पहिले पहिलेका कोरोना भाइरसहरुले (जस्तै सार्स) बच्चा खेर गएको र बच्चा महिना नपुगी जन्मिएको देखिएको थियो। तर जन्मिएको बच्चाको बिकासमा भने केहि समस्या देखिएको थिएन।

कोरोना भाइरस संक्रमित गर्भवती महिलाबाट जन्मिएको बच्चामा सर्ने सम्भावना हुन्छ कि हुन्न?

अहिले सम्मनको आँकडा अनुसार त्यसरी सरेको देखिएको छैन।

के बच्चालाइ सजिलै कोरोना भाइरस लाग्छ?

बच्चाहरुलाई लाग्ने सम्भावना अहिले सम्मनको आंकडाबाट देखाउदैन। पहिले पहिले पनि यस्तो भाइरसको महामारीमा बच्चालाई खासै सरेको थिएन।

बच्चा र ठुलामा लाग्ने कोरोना भाइरस फरक फरक हो ?

बच्चाहरुमा धेरै नदेखिएकोले यसै भन्न सकिने स्थिति छैन। यसको सुरुवात भएको देश चिनले दिएको जानकारी अनुसार ज्वरो, रुघाखोकी र पेट दुख्ने समस्या देखिएको छ बच्चाहरुमा।

मेरो उमेर ७० वर्ष भन्दा माथि छ. यस महामारीको परिस्थितिमा म कसरी सुरक्षित रहन सक्छु ?

विशेषगरी ७० वर्ष भन्दा माथि उमेर भएकाहरुले कोरोना भाइरसको पहुचबाट टाढा बस्नुपर्छ। वयस्कहरु भन्दा ज्येष्ठ नागरिक हरु यस रोगको चिन्ताजनक अवस्थामा पुग्ने खतरा बढी रहेको छ।

मेरो परिवारमा ७० वर्ष भन्दा माथिको उमेरको सदस्य हुनुन्छ/ यस महामरीको समयमा मैले के कस्ता उपायहरु अपनाउन सक्छु?

यस परिस्थितिमा ज्येष्ठ नागरिकहरुको दिनचर्या सहज बनाउनका निम्ति परिवारका अन्य सदस्यहरुले प्रमुख भुमिका निर्वाह गर्छन। यस रोगबाट ज्येष्ठ सदस्यलाई बचाउनका निम्ति परिवारका अन्य सदस्यहरुले तल उल्लेखित उपायहरु अपनाउन सक्छन ।

  • बुढापाकाहरुसंग अनावश्यक भेटघाट नगर्ने वा कम गर्ने, वैकल्पिकरुपमा फोन वा अन्य संचारमाध्यमको प्रयोग गर्ने
  • भेटघाट गर्नै परेमा छुने वा अंकमाल नगर्ने र शाररिक दुरी कायम गर्ने
  • मास्कको अभाव भएको खण्डमा डिस्पोजेबल टिस्यु पपेरको प्रयोग गर्ने

नोभेल कोरोना भाइरस को केही औषधि वा खोप छ त ?

अहिले सम्म यस रोग बिरूद्धको खोप उपलब्ध छैन ।सो खोपको निर्माण क्रम जारी छ। खोपको निर्माण प्रक्रिया धेरै ढिलो र विभिन्न चरणमा हुने भएकोले अहिलेको परिस्थिति संग जुध्न को लगि यस खोपको प्रतिक्षा गर्नु सान्दर्भिक हुदैन। सर्वप्रथम, भाइरसको संरचनाको अध्ययन गरिन्छ र प्रयोगशलामा जनावरहरुमा परिक्षण गरिन्छ। त्यस्पछि मानव शरीरमा उक्त खोपको प्रभावकारिता एवं सुरक्षा जांच गरिन्छ। यो प्रक्रिया पुरा हुन छ महिना वा वर्ष दिन लाग्न सक्छ। अत्यावश्यक परेको खण्डमा ठुलो संख्यामा मानिसहरुमा परीक्षण गर्ने प्रक्रिया नगर्न पनि सकिन्छ।वर्तमान अवस्थामा कोरोना भाइरस विरुद्धको खोप उच्च प्रविधिद्वारा चांडो भन्दा चांडो बिकास गरिदै छ।तर अहिले तत्काल यस खोप उपलब्ध हुने बारे अनुमान गर्न मुश्किल छ। विश्व स्वास्थ्य संगठनले यस खोप निर्माणमा सहकार्य गर्दछ र प्रगति प्रतिवेदन पनि राख्ने गर्दछ ।

लकडाउन/बन्दाबन्दीमा बस्न किन जरुरी भएको हो ?

यसरी सबै जना घरमै बस्ने र भिडभाडमा नजाने हो भने रोगीहरूबाट रोग अन्य व्यक्तिमा सर्न सक्दैन भनेर लकडाउन गर्न परेको हो। अहिलेको अवस्थामा कुनै औषधि वा खोप नभेटिँदा सम्म घरमै बसेर सँक्रमणबाट बच्नु नै राम्रो उपाय हो ।

के बेसार जडिबुटी वा महले कोरोना भाइरसको असरलाई कम गर्छ ?

अहिलेसम्मान बैज्ञानिकरुपमा पुष्टी हुन सकेको छैन। बरु धेरै बेसार खायो भने चै शरीरलाई नराम्रो गर्छ। बेसार तथा अन्य जडिबुटीले रोगसंग लड्न सक्ने क्षमता बढाउछ भन्ने छ। तर रोग संग लड्ने क्षमता दिन वा महिनामा बनाउन सकिने हैन। यो बर्षौं देखिको हाम्रो रहनसहन, खानपिनमा भर पर्छ।

के नेपालमा आएको कोरोना भाइरस कमसल खालको हो?

यसको अहिलेसम्मन कुनै प्रमाण छैन। यस बारेमा कुनै अध्ययन गरिएको पाइएन।

इन्डियाबाट आएको कोरोना भाइरस अरु देशबाट आएको भन्दा कडा हो?

यसको अहिलेसम्मन कुनै प्रमाण छैन। यस बारेमा कुनै अध्ययन गरिएको पाइएन।

प्रकाशित मितिः     १६ जेष्ठ २०७७, शुक्रबार १०:४५  |