कोरोना कहरका वाबजुत जैविक विविधता संरक्षणका लागि सहकार्यमा जोड दिइएको छ । बाँके राष्ट्रिय निकुञ्जको देउलारी हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगत रहेका मध्यवर्ती समूह, सामुदायिक वन, चोरी शिकार नियन्त्रण समुहको सहभागीतामा संरक्षण छलफल भएको छ ।
कोरोना नियन्त्रण र जैविक बिबिधता संरक्षण कार्यलाई सहयोग पुग्ने गरी कार्यक्रमको तय गरिनु पर्ने सहभागीहरुको भनाई थियो । बन्दाबन्दीको समयमा सामुदायिक बनमा बढी चाँप पर्ने र चोरीशिकार हुनसक्ने भएकाले बढीभन्दा बढी युवा परिचालन गर्नू पर्ने बताए ।
छलफलका क्रममा कोरोनाका कारण समुदायका अति विपन्न, दलित, जनजातीहरुको जीवीकोपार्जनमा असर परेकाले बैकल्पीक आय आर्जनका कार्यक्रम माग गर्नका लागी सरोकारवालाहरु जुवोलोजिकल सोसाईटी अफ लण्डन, राष्ट्रिय प्रकृती संरक्षण कोष, डब्लुडब्लुएफ तराइ भूपरिधि कार्यक्रम, स्थानीय सरकारसँग पहल गरिनु पर्ने धारणा राखेकाथिए ।
सहकार्यात्मक छलफल देउराली हरियालीमध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षतामा सम्पन्नभएको थियो ।