- यज्ञप्रसाद नेपाल
कोरोना परिक्षणको दायरा बृद्दि गरि महामारी रोगबाट बच्ने वचाउने अहिलेको सबैभन्दा महत्वपूर्ण विषय हो ।
प्रयास गरे असम्भव रहेनछ भन्ने कुरा केही समय अघि मात्रै उठान गरिएको बर्दिया जिल्लामै आइसोलेश अस्पताल निर्माणको कुरासंगै पुष्टि गरेको छ । हाल बर्दियाको गुलरियामा २६ शैयाको आइसोलेशन अस्पताल निर्माण गरियो ।
त्यति मात्र होइन राजापुरका पछिल्ला तीन संक्रमितलाई राजापुरमैं निर्मित आइसोलेशन केन्द्रमा उपचार गरिहेको छ । सबै पालिकाहरूमा आइसोलेशन केन्द्रहरू निर्माणको क्रममा रहेको छ ।
छिमेकी राष्ट्रवाट नागरिकहरू स्वदेश भित्रिने क्रमसँगै संक्रमण पनि वढ्दो क्रममा रहेकाले ५ नं.प्रदेशको बाँके र दाङमा मात्र समयमैं पिसिआर परिक्षण गर्न असम्भव हुने छ ।
अहिले बर्दियाबाट स्वाब संकलन गरेर नेपालगन्ज र दाँग पठाउँदा,४/५ दिन लाग्ने गरेको छ । र भारतवाट अाएकालाई RDT गरेर घर पठाउने तयारी सरकारकाे छ ।RDT पूर्ण भरपर्दाे नहुने भएकाले गाउँमा संक्रमण फैलिने सम्भावना वढ्दाे छ ।
त्यसैले बर्दिया जिल्ला सहित सिमावर्ती र रेडजोनमा परेका जिल्लामा पिसिआर परिक्षण ल्याव तत्काल स्थापना गरि संक्रमण फैलिएको जिल्ला,तेस्रो मुलुक र भारतवाट आएका सबैलाई क्वारेन्टाइनमा राखि अनिवार्य पिसिआर गरेर मात्र घर पठाउने व्यवस्था गर्नु पर्ने देखिन्छ ।
सभापति ,
नेपाल रेडक्रस सोसाईटी,ठाकुरबाबा उपशाखा,बर्दिया