नेपालगन्ज १७ जेठ : किसानलाई मल वितरणका लागि जिल्ला सहकारी संघ बाँकेले हप्तामा दुई दिन कार्यालय खोल्ने भएको छ ।
जिल्ला सहकारी संघले दिएको मल सहकारी मार्फत कृषकसम्म पुग्ने गरेको छ ।
लकडाउनको समयमा मल वितरणलाई प्रभावकारी बनाउन सोमवार र बुधवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय खोल्ने निर्णय भएको हो ।
त्यस्तै संघले अन्तर लगानीका लागि रु १ लाखसम्मको समयसीमा समेत तोकेको छ ।