घरमै बसिदिन अनुरोध गर्दै सडकमा उत्रिए बाँकेका सिडिओ….


तस्विर : नरेश श्रेष्ठ

नेपालगन्ज १८ जेठ : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा लकडाउन कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवांग सडकमा उत्रिएका छन् ।

लकडाउन उल्लंघन गरेर मानिसहरु सडकमा उत्रिएका बेला प्रमुख जिल्ला अधिकारी उनीहरुलाई सम्झाउन सडकमै उत्रिएका हुन ।

बाँकेमा कोरोनाका कारण एकजनाको मृत्यु भइसकेको छ ।

डेढ सय बढि संक्रमित भएका छन् ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिडिओको कार्यभार सम्हाले लगत्तै कुरुवांगले जिल्लाभर निषेधाज्ञा जारी गरेका थिए ।

निषेधाज्ञामा अत्यावश्यक बस्तु सन्चालन गर्ने अनुमति दिएको छ ।

तर सर्वसाधारण अनावश्यक काममा समेत सडकमा आइरहेका छन् ।

उनीहरुलाई घरभित्रै बस्न प्रमुख जिल्ला अधिकारीले सम्झाए ।

‘यस्तो विषम परिस्थीतिमा तपाईहरु जरुरी काम बाहेक अन्यथा घरमै बसिदिएर सहयोग गर्नुहोस् ।’– प्रमुख जिल्ला अधिकारीले भने ।

घरमै बस्न सर्वसाधारणलाई समझाइरहेका उनले अटेरी गरेको अवस्थामा भने कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी सहित बाँकेका एसपी बीरबहादुर ओली, सशस्त्र प्रहरी प्रमुख, स्वास्थ्यकर्मी खजुरा पुगेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले लकडाउन प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी लगायतबाट अनुगमन भएको बताए ।

प्रशासनले अटेरी गरी लकडाउन उल्लंघन गर्नेलाई कारवाही गर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मितिः     १८ जेष्ठ २०७७, आईतवार १६:१५  |