बाँके १९ जेठ : बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट हो ।
सबैभन्दा भन्दा धेरै संक्रमित हुने जिल्ला मध्ये पर्ने यहाँ जोखिम उस्तै छ ।
पछिल्लो एक महिनाको अवधिमा मात्र १ सय ८९ संक्रमित फेला परेका छन् ।
नरैनापुरका एक २५ वर्षिय युवकको मृत्यु भइसकेको छ ।
जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार,बाँके जिल्ला २०७७/०१/१९ देखि २०७७/२/१८ गते १ महिना अबधिमा कोभीड -१९ पोजेटिभ केस १ बाट १८९ पुगेको छ ।
रोगको सन्चो हुने दर १२.१६% छ भने मृत्यु दर ०.५२% रहेको छ ।
बाँकेमा कोहलपुर र जानकी गाउँपालिकामा हालसमम कोरोना देखिएको छैन ।
अन्य छ वटा गाउँपालिकामा संक्रमण देखिएको छ । जसमा नरैनापुरमा मात्र सबैभन्दा बढि संक्रमित फेला परेका छन् । भारतबाट आएका नागरिकहरुमा सबैभन्दा बढि संक्रमण देखिएको छ ।
बाँकेमा संक्रमित निको हुन तीन हप्तासम्म लागेको छ ।
बालबालिकादेखि बृद्धबृद्धालेसम्म कोरोना जितेका छन् ।
उपचार भइरहेका संक्रमितको अवस्था पनि सामान्य छ ।
अधिकांसलाई लक्षण देखिएको छैन ।