महालक्ष्मी विकास बैंकको अनलाइन बचत खाता, लकडाउनमा घरबाटै खोल्न सकिन्छ खाता


काठमाडौं। महालक्ष्मी विकास बैंकले लकडाउनका बेलामा घरबाटै खोल्न सकिने अनलाइन बचत खाता सेवा ल्याएको छ।

खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका ग्राहकले शाखा कार्यालयमा उपस्थित नभई अनलाइन खाता खोल्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकको वेवसाइट  www.mahalaxmibank.com.np मार्फत खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ।

खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार ०७:३६  |