सरकारले कोविड -१९ को जोखिमको आधारमा रेड, ऐलो, ग्रीन क्षेत्र छुट्याएर लकडाउन खुकुलो बनाउने विषयमा छलफल चलिरहेको सुनिएको छ ।
यहाँ दुई किसिमको कोविड -१९ को प्रभाव देखिन्छ ।
क्वारेटाईनमा रहेकोकाको परिक्षणबाट र समुदायमा फैलिएकोका परिक्षण संक्रमण देखियो ।
बाँकेमा दुवै किसिमका संक्रमण देखा परे । उपमहानगरको वडा नं. ८ मा देखिएको संक्रमण समुदायमा फैलिएको जस्तो देखियो ।
त्यहाँका संक्रमितहरु संक्रमणबाट मुक्त भइसके ।
क्वारेटाईनमा ठुलो मात्रामा संक्रमण देखिएको छ र यो भारतवाट नेपालीहरु आउने क्रम जारी रहेसम्म यो समस्या जारी नै रहने छ ।
अब बाँकेमा लाकडाउनको होइन, क्वारेटाईनको व्यवस्थापन, भारतवाट आउनेलाई सम्बन्धित जिल्लामा पठाउँदा सोसल डिस्टेन्सिग सहितको सवारी साधन प्रयोग गर्ने आवश्यकता छ ।
क्वारेटाईनमा बसेकोले सोसल डिस्टेन्सिग कायम गरेन्न भने क्वारेटाईनमा फैलिने सम्भावना हुन्छ ।
जुन व्यवस्थापन राम्रो नभेटेको ठाउँमा क्वारेटाईनमा धेरै संख्यामा फैलिएको देखिएको छ ।
अतः नाकावाट आउने नेपालीहरु लाई कडाई साथ क्वारेटाईनमा राख्ने ।
शीघ्र पीसीआर टेस्ट गर्ने, संक्रमितलाई आईशोलेशन सेन्टरमा राख्ने । अन्य जिल्लाका लाई सोसल डिस्टेन्सिग कायम हुने गरी सवारी साधन प्रयोग गरी पठाउने ।
आफ्नो सुरक्षाका साधन अपनाउदै आफ्नो सुरक्षा आफै गर्ने गरी लाकडाउन खुकुलो बनाउदै आर्थिक क्रियाकलाप अघि बढाउने बाहेक विकल्प छैन् ।
सम्बन्धित सबै ध्यानाकर्षणको लागि अनुरोध छ ।