जेठ २५ सम्म कर नतिरे जरिवाना, नेपालगन्जका व्यवसायी भन्छन् -तनाव माथि तनाव थपियो


नेपालगन्ज २० जेठ :  सरकारलाई तिर्नुपर्ने कर जेठ २५ गतेसम्म नतिरे कानुन अनुसार जरिवाना लाग्ने भएको छ ।

सरकारले छुट दिएको समयसम्म मात्रै जरिवाना वा पेनाल्टी नलाग्ने तर, जेठ २५ गते बुझाउनुपर्ने सम्पूर्ण कर नतिरे जरिवाना लाग्ने अर्थमन्त्रालयले बताएको छ ।

२५ गतेसम्म जो–जसले जे जति कर बझाउनुहुन्छ, त्यसमा कुनै किसिमको जरिवाना लाग्ने कुरा भएन ।

तर, सरकारले तोकेको सीमा नाघ्ने वित्तिकै जरिवाना लाग्ने छ ।

लकडाउनका कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो ।

अब लकडाउन जारी रहे पनि २५ गते अर्थात आउँदो आइतबारभित्र उद्योगी व्यवसायी सबैले बुझाउनुपर्ने सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए ।

लकडाउनका कारण राजश्व संकलन प्राय ठप्प छ ।

यही अवस्था रहेमा सरकारले कर्मचारीलाई तलव समेत खुवाउन समस्या पर्ने छ ।

कोरोनाको हटस्पट बनेको बाँकेका व्यवसायीलाई यसको सबैभन्दा ठुलो टाउको दुखाई भएको छ ।

हिडडुल गर्न समेत यतिबेला मुस्किल भइरहेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीलाई पछिल्लो निर्णयले मर्माहत बनाएको बताए ।

उनले यस सम्बन्धमा आवश्यक छलफल गर्ने जानकारी दिउका छन् ।

घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरिराज भुषाल भन्छन्-एकातिर उद्योग नचली तनाव, अर्को बैंकको ब्याज तिर्ने थप तनाव, त्यस माथी झन कर तिर्नै पर्ने तनाव, झनमाथी झन तनाव त पैदल गएर कर तिर्ने तनाव ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार ११:०८  |