रत्न खत्रीद्धारा खजुराका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंसर्जिकल सामग्री सहयोग


नेपालगन्ज,जेठ २० । नेकपा बाँकेका नेता रत्न खत्रीले खजुरा गाउँपालिकाका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंगलबार सर्जिकल सामग्री सहयोग गर्नुभएको छ ।

एफ गाउँको जनकल्याण माबी,बुद्धपुरको अम्बेमाता आधारभुत विद्यालय र क गाउँस्थित आधारभुत विद्यालयमा नेता खत्रीले सर्जिकल सामग्री हस्तान्तरण गर्नुभयो ।

एफ गाउँ र बुद्धपुरमा वडा सदस्य बल बहादुर कठायतलाई सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा नेकपा नेता सतिश निरौला,आदर्श माबिका प्राचार्य राजेन्द्र सापकोटा,समाजसेवी ऋषि पोख्रेल लगायतको उपस्थिति थियो ।

नेता खत्री बाँकेका स्थानीय तह र खजुरामा रहेका क्वारेन्टाइनमा मास्क,सेनिटाईजर सहयोग गर्दै आउनु भएको छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १६:२७  |