नेकपाद्धारा खजुरामा स्वास्थ्य सामाग्री प्रदान


नेकपा खजुराले खजुरा गाउँपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

नेकपा प्रदेश कमिटी सदस्य वेदनिधी प्याकुरेल, डम्बर विक तुफान, खजुरा इन्चार्ज भीम ओली, खजुरा अध्यक्ष राजकुमार विक, सचिव यम बहादुर महतारा, युवा नेता धनीरामा ओली, गेहेन्द्र धिताल पालिका पुगेर हस्तान्तरण गरेका हुन ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलाई नेकपा नेताहरूले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोरोना विरुद्धको अभियानमा पालिकासंगै रहेकोे बताए ।

स्प्रे ट्यांकी, केमिकल, माक्स, सेनिटाइजर गरि ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

सो अबसरमा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कोरोना विरुद्धको अभियानमा सबै एकमना एकताका साथ अगाडि बढ्न आग्रह गरे । उनले यो बेला राजनीति गर्ने बेला नभई कोरोनालाइ परास्त गर्न सबैले हातेमालो गर्ने बेला भएको बताए ।

नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले खजुरामा पालिकासंगै नेकपा अभियानमा लागेको बताए ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १७:३९  |