‘भाइब्रेन्ट’ खजुरा


बाँकेको खजुरा गाउँपालिका उत्कृष्ट गाउँपालिका बन्ने दौडमा छ ।

पश्चिमको ठुलो आर्थिक शहर नेपालगन्जदेखि नजिकै रहेको यो गाउँपालिकामा कुनै बेला विमानस्थल थियो ।

त्यहाँको विमानस्थल अहिले तस्विरमा सीमित भए पनि अन्य विकासका पूर्वाधार भने धमाधम तयार हुँदै छन् ।

कृषी एवं पशु तालिम केन्द्र, कपास विकास समिति, जनक शिक्षा सामाग्री लगायतका उच्चस्तरका सरकारी कार्यालय पहिल्यैदेखि खजुरामा छन् ।

पछिल्लो समय शिक्षा, स्वास्थ्य, कृषी र औद्योगिक क्षेत्रमा खजुराले फड्को मार्दैछ । गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन्–‘भाइब्रेन्ट खजुरामा बन्ने दौडमा छ ।’

नयाँ नेपाल भनेर चिनिने बाँकेको पनि नयाँ ठाउँ खजुरा हो ।

वि.स. २०२ को दशकमा पुनर्वास वस्तीको रुपमा विकास गर्न शुरु गरिएको खजुरा कुनै समय नेपालगन्ज पछिको दोश्रो व्यापारिक केन्द्रको रुपमा रहेको थियो । कृषिलाई केन्द्रमा राखेर इजरायली प्राविधिकहरुले नक्सांकन गरेको पुनर्वास वस्ती अहिले खजुरा बनेको छ ।

राष्ट्रमंै ठुलो कपास खेतीको स्थान, कृषि अनुसन्धान केन्द्र, क्यान्सर अस्पताल जस्ता कारणले चिनिएको खजुरा अहिले हरित शहर बन्ने दौडमा लागेको छ ।

सरकारले हालै मात्र रु ५८ करोडको सीतापुरमा औद्योगिक ग्राम बनाउने योजना सार्वजनिक गरिसकेको छ । उक्त योजनाको काम शुरु भइसकेको गाउँपालिकाका अध्यक्ष कक्षपतिले बताए ।

केही वर्षमै खजुरालाई खेलकुदका क्षेत्रमा समेत चिनिने छ ।

बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा कार्तिक ६ र ७ गते खजुरा सम्मेलन आयोजना गरिएको थियो ।

समृद्ध खजुराका लागि सम्मेलनमा प्रस्तुत भई सुझावका रूपमा आएका अवधारणा, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै २१ बुँदे घोषणापत्र जारी भयो ।

घोषणापत्रमा खजुराको दिगो विकासको लागि शैक्षिक, भौतिक, सामाजिक अवस्थामा सुधार, आर्थिक विकास, कुरीतिको अन्त्य, उद्यमशीलता जस्ता कुराहरु हासिल गर्न कुरालाई जोड दिइएको छ ।

यो सम्मेलनले खजुराको बिकास र समृद्धिको यात्रामा सबैको साथ ,समर्थन सुझाव सहित अघि बढ्ने तथा रोजगारीका लागि उद्दमशीलतालाई बढाउन खजुरा ब्रान्ड स्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाले अघि सारेको गौरवको योजना शित भण्डारको शिलन्यास भइसकेको छ ।

खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको शित भण्डारको ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले बिधिवत रुपमा शिलन्यास गरेकी हुन् ।

प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शित भण्डार करिब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भैसकेको छ ।

खजुरामा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरिसकेको छ ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर्षमा ३२ वटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको थियोे ।

पहिलो चरणमा छनौट भएका ३२ वटा स्थानीय तह मध्ये बाँकेका गाउँपालिकामा खजुरा मात्र परेको छ ।

उक्त सम्झौता पछि खजुरामा खजुरा गाउँपालिका–५ पुरनैनामा औद्योगिक ग्राम प्रक्रिया अगाडी बढ्ने कक्षपतिले बताए । अ

र्थपेजसंगको कुराकानीमा कक्षपतिले भने,–‘यो रकम प्राप्त भएपछि डिपिआर लगायतको काम हुन्छ ।’

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै कक्षपतिले औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’ मा गर्नुपर्ने सुझाव दिएका छन् ।

छिटो भन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने उनको धारणा छ ।

प्रकाशित मितिः     10:28:59 AM  |