नेपालगन्ज २१ जेठ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर तिर्नु निजीक्षेत्रको कर्तव्य भएको बताएका छन् ।
सरकारले लकडाउनकै बीच जेठ २५ गतेभित्र कर बुझाउन र नबुझाएर जरिवा तिर्न सार्वजनिक सूचना जारी गरेर निजीक्षेत्र आन्दोलित भएकै बेला मुख्यमन्त्रीको यस्तो धारणा आएको छ ।
सामाजिक सन्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले यस्तो लेखेका छन् –
राज्यको तर्फवाट कर(भ्याट) संकलन गर्ने जिम्मेवारी लिएको नीजिक्षेत्रले संकलन गरेको र तिर्नुपर्ने रकम राज्यकोषमा जम्मागर्नु कर्तव्य हो।