कर तिर्ने समय थप, अब असार ७ गते भित्र दाखिला गरिसक्नुपर्ने (हेर्नुहोस् सूचना)


नेपालगन्ज २१ जेठ : सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरिदिएको छ।

ब्यापक विरोधपछि सरकारले कर तिर्ने समय बढाएको हो।

आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो।

त्यसपछि अर्थमन्त्री,  मन्त्रालयका अधिकारीहरुको ब्यापक विरोध सुरु भएको थियो। ब्यापक बिरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटी लचकता अपनाउने बताएका थिए।

लगत्तै विभागले अर्को सुचना जारी गर्दै कर तिर्ने समय बढाएको हो।

सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ।

आयकरको अनुमानित विवरण र चैतसम्मको कर असार १५ गतेसम्म तिर्न भनेको छ। मूल्य अभिबृद्धि कर, अन्त शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्न भनेको छ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७७, बुधबार १५:३६  |