बाँकेमा सबै प्रकारका व्यवसाय सन्चालन गर्न पाइने, कुन दिन कुन व्यवसाय सन्चालन गर्न पाइन्छ ?


नेपालगन्ज २१ जेठ :  सर्वपक्षीय बैठकको सुझावका आधार जिल्ला प्रशासन कार्यालयले बाँकेमा लकडाउन खुकुलो बनाएको छ ।

प्रशासनले बुधवार साँझ प्रेस बिज्ञप्ती जारी गरी दिन बिराएर सबै प्रकारका पसल व्यवसाय सन्चालनको अनुमति दिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्थानीय प्रशासनलाई दिएको सुझाव कार्यान्वयन गरेकोमा धन्यवाद दिएका छन् ।

उनले अब सचेत र सजगत भई सबैले आफ्नो दैनिकी सरल र सहज बनाउने र त्यसमा प्रहरी, प्रशासनलाई सहयोग गर्ने बिश्वास लिएको बताए ।

 

प्रकाशित मितिः     २१ जेष्ठ २०७७, बुधबार २०:४७  |