लकडाउन खुकुलो बनाउने संघको माग सम्बोधन, अब अझ सजगता र होसियारीको आवश्यकता


नेपालगन्ज २१ जेठ : सर्वपक्षीय बैठकको सुझावका आधार जिल्ला प्रशासन कार्यालयले बाँकेमा लकडाउन खुकुलो बनाएर पालैपाले भए पनि व्यवसाय सन्चालन गर्न दिने वातावरण बनाएकोमा नेपालगन्ज उद्योग वाणिज्य संघले धन्यवाद दिएको छ ।

संघ बजार खुकुलो बनाई तालिकाका आधारमा व्यवसाय सन्चालन गर्न दिन माग गर्दै आएको थियो ।

मंगलवार मात्र संघले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएरै लकडाउन खुकुलो बनाउन माग गरेको थियो ।

त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघ समेतले बजार खोल्न माग गर्दै आन्दोलनको चेतावनी दिइरहेको थियो ।

बुधवार दिनभर यसै विषयमा प्रशासनमा छलफल भएको थियो ।

प्रशासनले बुधवार साँझ प्रेस बिज्ञप्ती जारी गरी दिन बिराएर सबै प्रकारका पसल व्यवसाय सन्चालनको अनुमति दिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्थानीय प्रशासनलाई दिएको सुझाव कार्यान्वयन गरेकोमा धन्यवाद दिएका छन् ।

उनले अब सचेत र सजगत भई सबैले आफ्नो दैनिकी सरल र सहज बनाउने र त्यसमा प्रहरी, प्रशासनलाई सहयोग गर्ने बिश्वास लिएको बताए ।

कोरोना संक्रमणको जोखिम यथावत रहेकाले पसल, व्यवसाय सन्चालन गर्दा गम्भीर हुन माग गरेका छन् । संघले सुरक्षा उपाय अपनाएर पसल व्यवसाय सन्चालन गर्न आग्रह गरेको छ ।

संघले पटक पकट उठाउँदै आएको मुद्दा सम्बोधन भएको छ ।

७० दिनको लकडाउन बाट आजित भएका नागरिकलाई यसले पक्कै राहत महसुस गराएको छ ।

बोल्ड निर्णय गर्ने क्षमताका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागं बाँकेले पाएकै कारण यस्तो सम्भवत भएको हो ।

तर बाँके जिल्ला मात्र होइन बिश्व नै कोरोनामुक्त भइसकेको छैन भन्ने बुझ्न भने जरुरी छ ।

अझ बाँके त हटस्पट नै हो । त्यसैले लकडाउन खुकुलो भएकोमा खुःसी मनाउने होइन थप सजगता र होसियारी अपनाउन जरुरी छ । अन्यथा अवस्था थप प्रतिकुल हुन सक्छ ।

त्यसैले आवश्यक सतर्क अपनाएर व्यवसाय गर्न संघले सबैलाई अपील गरेको महासचिव चिरञ्जीवी ओलीले बताए । उनले अहिले सतर्कता अपनाएर मात्र थप लकडाउन खुकुलो हुँदै जाने बिश्वास समेत लिएका छन् ।

बाँकेमा सबै प्रकारका व्यवसाय सन्चालन गर्न पाइने, कुन दिन कुन व्यवसाय सन्चालन गर्न पाइन्छ ?

प्रकाशित मितिः     २१ जेष्ठ २०७७, बुधबार २१:१७  |