बाँकेमा बाहिर निस्कदा दुई मिटरको दुरी कायम र मास्क /सेनिटाइजर अनिवार्य प्रयोग गर्नु


नेपालगन्ज २२ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन खुकुलो पार्ने निर्णय गरेसंगै जिल्लाभर खुसियाली छाएको छ ।

तर संक्रमणको जोखिम उत्तिकै रहेकाले आमनागरिकले थप होसियारी र सजगता अपनाउनुपर्ने भएको छ ।

अन्यथा समस्या थप जोखिमपुर्ण बन्न सक्छ ।

प्रशासनले जिल्लाभर अत्यावश्यक कामका लागि बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

अत्यावश्यक कामका लागि बाहिर निस्किदा पनि कम्तिमा दुई मिटरको दुरी कायम गर्न हिडडुल गर्न र मास्क, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको छ ।

अत्यावश्यक कामका लागि बाहेक अन्य अवस्थामा इरिक्सा, अटो र मोटरसाइकल नियन्त्रणमा राखिनेछ । उद्योग क्षेत्रमा काम गर्ने मजदुरलाई साईकल चढ्न अनुमति दिइएको छ ।

प्रकाशित मितिः     २२ जेष्ठ २०७७, बिहीबार ०८:४२  |