आफुखुसी बजार खोल्दा कोरोना समुदायमा फैलिए जिम्मा कस्ले लिने ? – मुख्यमन्त्री शंकर पोखरेल


नेपालगन्ज २२ जेठ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल जथाभावी पसल, व्यवसायी खोल्ने कार्यप्रति असन्तुष्टि पोखेका छन् ।

लामो समयदेखिको लकडाउनका कारण देशभरका उद्योगी, व्यवसायीले स्वघोषणा गरी पसल, व्यवसाय सन्चालन गरिरहेका बेला मुख्यमन्त्री पोखरेलले जथाभावि पसल खोल्दा निम्तिने जोखिमको जिम्मा कस्ले लिने भन्दै प्रश्न गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको नफैलिएको बताएका छन् ।

उनले आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? भन्ने प्रश्न गर्दै गंभीर बन्न सबैका आग्रह गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले कर तिर्ने समयावधि थप गरेको अवस्थामा पनि कर तिर्न नजाने भन्ने उद्योगी, व्यवसायीको भनाईप्रति असन्तुष्टि पोखेका छन् ।

उनले सामाजिक सन्जालमा आफ्नो प्रतिक्रिया दिदै कर तिर्ने कर्तव्यबाट बिमुख नहुन उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन ।

 

पोखरेलले लकडाउनको मोडालिटी परिवर्तन गर्दा सामाजिक दुरी, विदेशवाट आउनेको व्यवस्थापन,संक्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्ने बताएका छन् ।

प्रकाशित मितिः     12:22:15 PM  |