डा.कुमार शान शाहद्धारा फरक क्षमताका व्यक्तिलाई आर्थिक तथा निलसागरलाई खाद्यान्न सहयोग ।


 
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्रीगर नयाँ वस्ती बसोबास गर्ने सुकुम्वासी अति बिपन्न दलित तथा पूर्ण शारिरिक अपाङ्गता भएको ३ जना लाई एच.सि.आर.सि.अस्पताल तथा कप्तान कृषि फर्मका अध्यक्ष डा.कुमार शान शाह बाट आवास निर्माणको लागि रु.७५०००/–( पचहक्तर हजार ) आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ ।
डा.शाहबाट आज  छोरा शोर्णजङ्ग शाहको जन्नदिनको अवशरमा निलसागर असहाय,अशक्त तथा जेष्ठ नागरिक सहायत केन्द्र नेपालगञ्जमा रहनु भएको बालबालिका,बुवाआमा हरुको लागि खाजा तथा खाद्यान्नको सहयोग भएकोछ । डा.शाह भन्नु हुन्छ – प्रत्येक वर्ष २२ गतेलाई आफ्नो परिवारको सबै भन्दा खुशीको दिनको रुपमा लिई खुशी वाड्न निलसागर आउने गरेकोछु ।
अस्पतालबाट निलसागरमा रहनु भएको महिलाहरुको स्वास्थ्य सेवा निशुल्न गर्ने कार्य निरन्तर रहनेछ । नेपालञ्ज वडा नम्बर २० का वडा अध्यक्ष  कृष्ण कार्कीको अनुरोधमा वडाको गायत्रिनगर नयाँ बस्ती क्षेत्रमा सुकुम्बासीको रुपमा लामो समय देखि बसोवास गर्दै,अएका अति बिपन्न परिवार,दलित तथा पूर्णरुपमा शारिरिक अपाङ्गता रहेका गलसा कुमारी कामी, मान कुमारी नेपाली, रामसिला कामी गरि ३ जना लाई आवास निमार्णमा सहयोग गर्नको लागि वडा अध्यक्ष लाई सम्बन्धित परिवार र वडा सदस्य चक्र बहादुर बुढा, लगाएत स्थानिहरुको उपस्थितिमा रु.७५०००/–( पचहक्तर हजार ) नगत हस्तान्त्ररण गरिएकोछ ।
कोभिड– १९, कोरोेना भाईरस संक्रमणको कारण हाल विश्वले लकडानको सामना गरिरहेको अवस्थाछ । महिनौको लकडाउनको परिणाम स्वरुप सम्पुर्ण उद्योग प्रतिष्ठानहरु बन्द रहेका छन् आर्थिक कारोवार पूर्णरुपमा वन्द भएको जर्जर अवस्थामा पनि डा.शाह द्धारा सहयोग हुनु उदाहरणिय कार्य रहेकोछ ।
उक्त स्थानिय बस्तिमा बैशाख महिनामा डा.शाहको आर्थिक सहयोग तथा वडा कार्यालयको आयोजनामा रु १ लाख बराबरको खाद्यान्न गरिव तथा दैनिक मजदुरी गर्नेहरुलाई,चामल,दाल,खाने तेल,नुन सहितको प्याकेज बितरण गरिएको थियो ।
साथै बाँके जिल्लाका प्रदेश सभासद कृष्ण्णा के.सी(नमुना) द्धारा नेतृत्वमा रहेको कोभिड १९ रिलिफ फण्डमा समेत डा. शाहद्धारा रु.५०,०००/–(पचास हजार) को सहयोग भएको छ । धन आवश्कता हो तर धनले मानिस शुखी हुन्छ सक्दैन आफु सँग भएको कुरामा सन्तुष्टी लिन सक्यो भने हामीले शुखी हुन्छौ ।
यस ठाउँमा बिद्यालयको जग्गा खालि गर्दा घरहरु भत्काउनु पर्ने अवस्था भयो मैले पनि आँखा अगाडि नै देखे मैले पनि के गर्न सकिन्छ भनेर सोचिरहको अवस्थामा वडा अध्यक्षजको पनि अनुरोध पत्र आएको थियो । ३ महिना देखि लकडाउन निरन्तर चलिरहेकोले आर्थिक कोरोवार बन्दछ खर्च मात्र भईरहेको अवस्थाछ त्यसकारण सोचे जस्तो सहयोग गर्न सकिएन तर पनि आफ्नो स्थानिय गाऊको बिपत्तीमा सहयोग गर्नपर्छ भनेर छोराको जन्मदिन पारेर अस्पताल र कृषि फारमको तर्फबाट सहयोग गर्ने मौका पाए ।
कोहि ठुलोबडो भन्ने नसोच्नु होस, यस ठाऊमा बस्ने हामी सबै एक हौ परेको बेलामा सहयोगको आदान प्रदान गर्नु पर्छ भन्ने भावना हामी सबै गाऊलेमा बिकास होस भन्ने चाहन्छु । वडा परिवार सँग सधैव समन्वयन सहकार्य गर्न तयार रहेको कुरा डा. शाहले बताउनु भयो ।

 

प्रकाशित मितिः     २२ जेष्ठ २०७७, बिहीबार १४:०५  |