कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि


सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन १ सय ६ जना कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीवार एकै दिन ठूलो संख्यामा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएकामा एक सय ५ जना दैलेखका छन् भने एक जना मुगुका हुन् ।

दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन्। सँगै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ छन्।

त्यसैगरी मुगुको खत्याडका अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।

प्रकाशित मितिः     २२ जेष्ठ २०७७, बिहीबार १५:०५  |