भारतबाट आउनेहरुको व्यवस्थापनका लागि जमुनाहमा होल्डिङ्ग सेन्टर बन्यो


नेपालगन्ज २२ जेठ :  जमुनाह नाकामा भारतबाट आउने नागरिकहरुको व्यवस्थापनका लागि होल्डिङ्ग सेन्टर निर्माण गरिएको छ ।

दैनिक २५ सय को सङ्ख्यामा नेपालीहरु जमुनाह नाकाबाट नेपाल आइने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर रुकुम्बागंले बताए ।

उनका अनुसार, आजैदेखी होल्डिङ्ग सेन्टर वनाई सुरक्षा खानपानको प्रबन्ध गरि यात्रुहरुलाई आआफ्नो गन्तव्यमा पठाउन शुरु गरिएको छ।

प्रकाशित मितिः     २२ जेष्ठ २०७७, बिहीबार १५:०१  |