बुद्ध एयरले काठमाण्डौं-नेपालगन्जमा घटायो ८ सय १५ भाडा,लकडाउन पछि उडानको तयारी


हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ।

बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ।

केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो।

समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको जानकारी दिएको छ।

लकडाउनका कारण उडान बन्द भएपनि खुल्नेवित्तिकै उडानका लागि सबै तयारी पुरा गरिएको एयरलाइन्सले जानकारी दिएको छ।

गन्तव्य घटेको भाडा(रु)
माउण्टेन फ्लाइट

८६०
काठमाडौं भरतपुर २७०
काठमाडौं – पोखरा ३९५
काठमाडौं – विराटनगर ६००
काठमाडौं – जनकपुर ३२०
काठमाडौं – सिमरा २२५
काठमाडौं – भैरहवा ५१५
काठमाडौं – धनगढी ११०५
काठमाडौं – नेपालगञ्ज ८१५
काठमाडौं – भद्रपुर ७५०
काठमाडौं – तुम्लिङटार ४६५
विराटनगर – तुम्लिङटार २७०
पोखरा माउण्टेन फ्लाइट ७८५
पोखरा – भरतपुर २८०
पोखरा – भैरहवा ३२५
काठमाडौं – राजविराज ५१०
काठमाडौं – सुर्खेत ८६५
प्रकाशित मितिः     २२ जेष्ठ २०७७, बिहीबार १८:०४  |