बाँकेका सीडिओ भन्छन् -लकडाउनलाई अझै कडाई प्रशासनको मुख्य प्राथमिकता


नेपालगन्ज २३ जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले लकडाउउन अझै कडा पार्ने सकेंत गरेका छन् ।

आलापोलो पसल, व्यवसाय सन्चालन गर्ने अनुमति दिएको भोलीपल्ट बिहिवार सामाजिक सन्जालमा आफ्ना प्राथमिकताका विषयमा लेख्दै प्रमुख जिल्ला अधिकारी कूरुम्बागंले लकडाउनलाई अझै कडाई पारिने बताएका हुन ।

यद्यपी यो कडाई आलोपालो पसल व्यवसाय सन्चालन गर्ने अनुमतिसंग सम्बन्धीत छ वा छैन भन्ने खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारीले फेसबुकमा लेख्छन्-बाँके प्रशासनको मुख्य प्राथमिकता १. लकडाउनलाई अझै कडाई , २. बिकास निर्माण निर्बाध संचालन र सहजीकरण, ३. कालोबजारी नियन्त्रण ।

उद्योगी, व्यवसायीको अनुरोध र सर्वपक्षिय बैठक पछि बिहिवारदेखि प्रशासनले लकडाउन खुकुलो बनाएको छ । सीमित समयमा आलोपालो गरी पसल व्यवसाय सन्चालन गर्न दिएको छ ।

लामो समयदेखि लकडाउनका कारण घरमै सीमित उद्योगी, व्यवसायीलाई निर्णयले राहत दिए पनि कोरोना संक्रमण नटरेको कारण जोखिम भने उस्तै छ ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आफुखुसी पसल , व्यवसाय सन्चालन गर्दा कोरोना समुदायमा फैलिए त्यसको जिम्मा कस्ले लिने भन्दै प्रश्न तेर्साएका छन् । अझ लकडाउन खुकुलो पारेकै दिन बिहिवार नेपालगन्जमा २ र नेपालगन्जसंगै जोडिएको जानकी गाउँपालिकामा ४० जना नयाँ संक्रमित फेला परेपछि जोखिम नटरेको स्पष्ट भएको छ ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७७, शुक्रबार ०८:५४  |