नेपालगन्ज २३ जेठ : लकडाउनकै बीच पनि तपाईलाई तारे होटलको मःम, चाउमिन वा अन्य खानेकुराको स्वाद चाख्न मन छ ? छ भने अब चाहाना पुरा हुन्छ ।
नेपालगन्जका तारे होटलदेखि रेष्टुरेन्टसम्मले होम डेलीभरी शुरु गरेका छन् । त्यो पनि अनलाइन पेको सुविधा सहित । कोरोनाको जोखिमलाई हेरेर होम डेलीभरीममा बिशेष ध्यान पुर्याए छ ।
हस्पिटालिटीक्षेत्रमा उत्कृष्ट सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्ना शाखाहरु मार्फत होम डेलीभरी शुरु गरेको छ । एप मार्फत होटलमा खानेकुराको अर्डर गर्न सकिने छ । सिद्धार्थको एप मोवाइलमा डाउनलोड गरेर उसका सेवा लिन सकिन्छ । त्यसका लागि #Siddharthaservice एप डाउनलोड गर्न सकिन्छ । हेर्नुहोस्-
नेपालगन्ज सुर्खेतरोडमा रहेको जिकेएफसी रेष्टरेन्टले स्वास्थ्य सुरक्षा सहित होमडेलीभरी शुरु गरेको छ । लामो समयदेखि बन्द रहेका होटल एवं रेष्टुरेन्ट यसी चलायमान बन्दै छन् ।
यसअघि पनि होमडेलीभरीको काम नभएको होइन तर अहिले अपरिहार्य भएको छ ।