होन्डाले क्यानाडाको लागि होन्डा सिभिक टाइप आरको लिमिट भर्सन पेश गरेको थियो । तर ती सबै कार मात्र ४ मिनेटमा बिक्री भएका छन् । यो भन्दा अघि २०१७ मा न्युवरग्रिन ल्याप रेकर्ड भन्दा पनि यो नयाँ रेकर्ड हो ।
टाइप आर फिनिक्स पहेलो रङको रहेको छ । साथै यसमा हल्का ट्वीक्स पनि देख्न सकिन्छ । यसमा २० इन्च बीबीएस लाइटवेज फोर्ग्ड आल्मुनियम ह्विल राखिएको छ । जसले कारको तौल १८ पाउण्ड कम गरेको छ । ती पाङ्ग्रा मिसलिन पाइलट स्पोर्ट कप २ रबरले बेरिएको छ ।
होन्डा सिभिक टाइपआरमा ब्ल्याक रुफ, ब्ल्याक साइड मिरर र ब्ल्याक हुक रहेको छ । कारको पछाडी टाइप आरको व्याच समावेश गरेको छ । यसमा २।० लिटर टर्बोचाज्ड, ४ सिलिन्डर रहेको छ जसले ६५०० आरपीएममा ३०६ हर्सपावर र २५०० आरपीएममा २९५ आईबी–फिट टर्क जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल ट्रान्समिशन समावेश रहेको छ ।
कम्पनीका अनुसार क्यानाडाको लागि छुट्याएको १०० युनिट होन्डा सिभिक टाइप आर मात्र ४ मिनेटमा अनलाइन ईकमर्स वेबसाइट मार्फत बिक्री भएको थियो । यसको लागि खरिद कर्ताले प्रि–सेलको रुपमा १ हजार डलर जम्मा गर्नु पर्ने व्यवस्था थियो ।
होन्डाले यही कार अमेरिकामा बिक्री गर्नका लागि ६ सय युनिट छुट्याएको छ । अमेरिकामा पनि यो कार यही रुपमा बिक्री हुने अनुमान गरिएको छ ।