नेपालगन्ज २३ जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले लकडाउन अझै कडा पार्ने सकेंत गरेको भोलीपल्ट बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आलोपालो पसल व्यवसाय सन्चालन गर्न पाउने गरी यसअघि गरिएको निर्णय खारेज गरेको जानकारी दियो ।
गत मंगलवार उद्योगी, व्यवसायी एवं सर्वपक्षिय बैठकका आधारमा प्रशासनले आलोपालो पसल व्यवसाय सन्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णय पछि बुधवार र बिहान बाँकेमा पसल, व्यवसाय खुले । तर आलोपालो पसल सन्चालन गर्ने मात्र होइन सर्वसाधारणले स्वास्थ्य आचरण नै पालना नगरेको देखेपछि प्रशासनले थप जोखिम मोल्न चाहेन ।
सर्वसाधारणकै आग्रहमा लकडाउन खुकुलो बनाएको भएपनि त्यसैलाई समेत उल्लंघन गर्न थालेपछि प्रशासन अत्तालियो ।
अन्तत उसले मंगलवारको निर्णय खारेज गरी जेठ २१ गते भन्दा अघिकै अवस्थामा अत्यावश्यक सेवा सूविधा बाहेक अन्य क्षेत्र बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बजार, पसलमा सर्वसाधारणको उपस्थिती र स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटकल कार्यान्वयन नभएपछि पूर्व निर्णय खारेज गर्नुपरेको बताए ।
आलापोलो पसल, व्यवसाय सन्चालन गर्ने अनुमति दिएको भोलीपल्ट बिहिवार सामाजिक सन्जालमा आफ्ना प्राथमिकताका विषयमा लेख्दै प्रमुख जिल्ला अधिकारी कूरुम्बागंले लकडाउनलाई अझै कडाई पारिने बताएका थिए ।
यद्यपी यो कडाई आलोपालो पसल व्यवसाय सन्चालन गर्ने अनुमतिसंग सम्बन्धीत छ वा छैन भन्ने खुलेको छैन । प्रमुख जिल्ला अधिकारीले फेसबुकमा लेख्छन्-बाँके प्रशासनको मुख्य प्राथमिकता, १. लकडाउनलाई अझै कडाई , २. बिकास निर्माण निर्बाध संचालन र सहजीकरण, ३. कालोबजारी नियन्त्रण ।
उद्योगी, व्यवसायीको अनुरोध र सर्वपक्षिय बैठक पछि बिहिवारदेखि प्रशासनले लकडाउन खुकुलो बनाएको छ । सीमित समयमा आलोपालो गरी पसल व्यवसाय सन्चालन गर्न दिएको छ ।
लामो समयदेखि लकडाउनका कारण घरमै सीमित उद्योगी, व्यवसायीलाई निर्णयले राहत दिए पनि कोरोना संक्रमण नटरेको कारण जोखिम भने उस्तै छ ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आफुखुसी पसल , व्यवसाय सन्चालन गर्दा कोरोना समुदायमा फैलिए त्यसको जिम्मा कस्ले लिने भन्दै प्रश्न तेर्साएका छन् ।
अझ लकडाउन खुकुलो पारेकै दिन बिहिवार नेपालगन्जमा २ र नेपालगन्जसंगै जोडिएको जानकी गाउँपालिकामा ४० जना नयाँ संक्रमित फेला परेपछि जोखिम नटरेको स्पष्ट भएको छ ।
बाँके जिल्लामा कोरोनाबाट १ जनाको मृत्यु भइसकेको र २ सय बढि संक्रमित भएको जिल्लाका कारण लकडाउन खुकुलो बनाउने निर्णयप्रति आशंका गरिएको थियो ।
बाँकेमा आलोपालो पसल खोल्ने पूर्व निर्णय खारेज,कोरोना संक्रमणको जोखिम बढेको निष्कर्ष