- कृष्ण चौधरी/गाभर भ्याली
बाँके २३ जेठ : नेपालको ग्रामिण क्षेत्र होमस्टेका लागि उर्वर भूमि मानिन्छ ।
नेपालको माटो सुहाउँदो ग्रामिण पर्यटन प्रवद्र्धनको नयाँ आयामको रुपमाहोमस्टे सेवालाई थप ब्यवस्थित गर्न लकडाउनको समयलाई सदुपयोग गरिएको पाइएको छ ।
अधिकांस होमस्टेहरुले घर, भान्सा, करेसावारी, बगैचा लगाएतका पूर्वाधार मर्मत तथा विकास गर्न समय ब्यतित गरेको पाइन्छ । कोरोना भाइरसका कारण भएको लकडाउनलाई अवसरको रुपमा परिवर्तन गरिनु पर्ने धारणा आएको छ ।
शुक्रवारका दिन होमस्टे एशोशिएशनले जुम मिटिङ गर्दै होमस्टे सेवा कृषि र प्रकृति सँग जोडिएको बिषय भएकाले यस संघीन अवस्थामा कृषिमा जोड दिइनु पर्ने एशोशिएशनका केन्द्रिय अध्यक्ष केशव प्रसाद वडालले बताएका छन ।
बाँझो जमिनको सदुपयोग गर्दै ग्रामिण क्षेत्रलाई कृषिमाआत्मनिर्भर गर्न समय खर्चिनु पर्ने एशोशिएशनका महासचिव प्रेमशंकर मर्दनीय थारुले बताए । प्रकृति संरक्षणमा चुनौतीआएकाले संरक्षणमा समेत सबैको सहभागिता बढाउनु पर्ने महासचिवथारुले थपे ।
यस संकटपूर्ण अवस्थालाई सामनागर्दै अवस्था समान्वय भए पच्चात आन्तरिक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाई ग्रामिण क्षेत्र हुने अनुमानगरिएको र यसको लाभहोमस्टे र कृषिले प्राप्त गर्ने भन्दै एशोशिएशनका कोषाध्यक्ष सुरज बास्तोलाले वर्तमान अवस्थामा समुदायले कोरोनाभाईरससँग लड्न सक्ने क्षमताविकास गर्नु पर्ने बताए ।
एशोशिएनका केन्द्रिय उपाध्याक्ष एवं प्रदेश नं. ५काइन्चार्ज धनिश्वर बस्यालले कोरोनाले समुदायलाई स्वास्थ्य सचेना फैलाएको बताए । प्रदेश नं ५ले नीति तथा कार्यक्रममा होमस्टे सेवालाई प्राथमिकता दिए जस्तै संघले पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइनु पर्ने बताए ।
होमस्टे सेवालाई कृषिसँगजोड्दै स्थानीय,प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्ने एशोशिएशनका केन्द्रियउपाध्यक्ष शिलाअमात्यले बताईन् । त्यसैगरीउपाध्यक्षशारदा आचार्यले लकडाउनको समयमा सतर्कताअपनाउँदैहोमस्टे संरचनाहरु मर्मत तथाविकासका साथै कृषि मैत्रीकामहरुलाई अगाडी बढाउनु पर्ने बताईन् । जुम मिटिङ एशोशिएशनकासचिव कृष्ण चौधरीले गाभर भ्यालीबाट होस्ट गरेकाथिए ।