झगरीलाल स्मृती पत्रकारिता पुरस्कार भेषराज बस्नेत र डिल्ली शाहीलाई


नेपालगन्ज २४ जेठ :  झगरीवाल वाग्ले स्मृती पत्रकारिता पुरस्कारबाट बाँकेका पत्रकार भेषराज बस्नेत र डिल्ली शाहीलाई पुरस्कृत गरिने भएको छ ।

प्रेस संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गिय बुवाको स्मृतीमा उक्त पुरस्कार स्थापना गरेका हुन ।

उनी संरक्षक रहेको पुरस्कार प्रेस संगठन बाँकेले प्रदान गर्ने छ ।

झगरी लाल वाग्ले स्मृती बिकास पत्रकारिता पुरस्कारबाट पत्रकार भेषराज बस्नेत र झगरी लाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाहीलाई पुरस्कृत गरिन लागेको हो ।

बिकास पत्रकारीता पुरस्कारको राशि ६ हजार र युवा पत्रकारीता पुरस्कारको राशि ४ हजार रहेको पुरस्कारको संरक्षक प्रदिप वाग्ललेले जानकरी दिए ।
प्रेश संगठन संगको सहकार्यमा वाग्लेले स्थपना गरेको पुरस्कार हरेक बर्ष बाँकेका २ जना पत्रकार लाई प्रदान गरिने बताईएको छ ।

घोषित पुरस्कार हरेक बर्ष जेठ १८ गते स्मृती दिवसका दिन बितरण गरिने भएपनि बिशष परिस्थितिका कारणबस् भोली आईतवार उक्त पुरस्कार प्रदान गरिन लागेको पत्रकार वाग्लेले जानकारी दिए ।

बिहान ११ बजे वाग्ले निवासमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने छ । प्रेस संगठन बाँकेका संयोजक डक्ट धितालले कार्यक्रममा सामाजिक दुरी कायम गरी उपस्थितीका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मितिः     3:29:48 PM  |