नेपालगन्ज २५ जेठ : पश्चिमको आर्थिक राजधानी नेपालगन्जका उद्योगहरु सुचारु हुन थालेका छन् ।
लामो समयदेखिको लकडाउनका कारण बन्द रहेका उद्योगहरु चलायमान हुँदै छन् ।
लकडाउन कहिलेसम्म भन्ने अनिश्चिताका बीच उद्योगीहरुले सामाजिक दुरी कायम गर्दै र सीमित कर्मचारीको भरमा उद्योग सन्चालन गरिरहेका छन् ।
यद्यपी कोरोनाको त्रास र उत्पादन भइसकेका सामाग्री विक्री वितरण कसरी गर्ने भन्ने तनाव उद्योगीलाई उस्तै छ ।
‘उद्योगी, व्यवसायी अत्तालिएका छन् । के गर्ने कसो गर्ने अवस्थामा छन् ।’नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भन्छन्–‘ त्यसैले सचेत र सजग भएर कतिपय उद्योगीहरुले उद्योग सन्चालन गरिरहनुभएको छ ।’
सरकारले पनि विकास निर्माणसंग सम्बन्धीत उद्योग सन्चालनको लागि अनुमति दिएको छ ।
नेपालगन्ज पश्चिम नेपालको आर्थिक राजधानी हो ।
यहाँ उत्पादन भएका सामाग्री पश्चिम नेपालभर विक्री वितरण हुने गरेका छन् ।
यहाँका उद्योग बन्द हुँदा पश्चिम नेपालकै विकास निर्माणका काम प्रभावित हुने भएकाले पनि उद्योग सन्चालन भइरहेको उद्योगीहरु बताउँछन् ।