नेपालगन्ज २५ जेठ : झगरीवाल वाग्ले स्मृती पत्रकारिता पुरस्कारबाट बाँकेका पत्रकार भेषराज बस्नेत र डिल्ली शाहीलाई पुरस्कृत गरिएको छ ।
प्रेस संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गिय बुवाको स्मृतीमा उक्त पुरस्कार स्थापना गरेका हुन ।
उनी संरक्षक रहेको पुरस्कार प्रेस संगठन बाँकेले प्रदान गरेको हो ।
झगरी लाल वाग्ले स्मृती बिकास पत्रकारिता पुरस्कारबाट पत्रकार भेषराज बस्नेत र झगरी लाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाहीलाई पुरस्कृत गरियो ।
बिकास पत्रकारीता पुरस्कारको राशि ६ हजार र युवा पत्रकारीता पुरस्कारको राशि ४ हजार रहेको पुरस्कारको संरक्षक प्रदिप वाग्ललेले जानकरी दिए ।
प्रेश संगठन संगको सहकार्यमा वाग्लेले स्थपना गरेको पुरस्कार हरेक बर्ष बाँकेका २ जना पत्रकार लाई प्रदान गरिने छ ।
घोषित पुरस्कार हरेक बर्ष जेठ १८ गते स्मृती दिवसका दिन बितरण गरिने भएपनि बिशष परिस्थितिका कारणबस् आईतवार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला, पचार बिभाग प्रमुख प्रमोद धिताल, प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, नेकपा क्षेत्र नं. १ का संयोजक सुर्य ढकाल, नगर कमिटि अध्यक्ष बसन्ती अधिकारी,नेकपाका नेता अब्दुल हुसेन खाँ, प्रेस संगठनका केन्द्रीय सदस्य भेषराज बस्नेत लगायतले मन्तव्य एवं सहभागिता जनाएका थिए ।
प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पुरस्कारका संरक्षक प्रदिप वाग्लले पुरस्कारले पत्रकारहरुलाई विकास र सम्बृद्धिका लागि कलम चलाउन प्रोत्साहित गर्ने बिश्वास गरे । कार्यक्रममा परिवारका सदस्यहरु पनि सहभागि थिए ।