‘शाहसका साथ नर्सिङ कर्मचारी फिल्डमा खटिनु भयो, त्यसले पेशाकै शिर उचो बनायो’


लकडाउनको आज ७६औं दिन। शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापित कोरोना बिशेष आइसोलेसन अस्पतालमा बिरामी भर्ना गरेर सेवा दिन थालेको ३८औं दिन। हालसम्म उक्त अस्पतालले ५३ जना संक्रमितहरुलाई सेवा दिएको छ। २४ जना स्वास्थ्यलाभ पछि घर फर्किसक्नुभएको छ भने २९ जना भर्नारत हुनुहुन्छ।

छुट्टै अस्पतालमा जनशक्ति, औजार उपकरण, सहायक कर्मचारी, सुरक्षाकर्मीको व्यवस्था गर्दै अस्पताल व्यवस्थापनसँग समन्वय गर्दै यहाँसम्म आइपुग्नु कम्ति चुनौतिपूर्ण थिएन। भेरी अस्पतालको मुख्य नेतृत्वमा संचालित अस अस्पतालमा सेवा पुर्याउनुहुने सम्पुर्ण नर्सिङ कर्मचारीहरु, चिकित्सक, सरसफाइकर्मी र सुरक्षाकर्मीहरुलाई हार्दिक आभार।

कोरोना बिरुद्धको यस लडाँइमा अग्रपंक्तिमा रहि अहोरात्र खटिने मेरा नर्सिङ स्टाफहरूको कामप्रतिको समर्पणलाई सलाम गर्न चाहन्छु ।

सुरुका दिनमा एकजना नर्सिङ इन्चार्ज सहित छ जनाको समुह एक हप्ताको लागि काम गर्ने गरि रोस्टर बनाइएकोमा सकेसम्म कम स्वास्थ्यकर्मीलाई जोखिममा ’एक्सपोज गर्ने’ नीति अनुरुप हाल दुई हप्ताको कार्य अवधि तोकिएको छ। गोला प्रथाबाट छनौट गरिएका ४ वटा समुहले आफ्नो ड्युटी पुरा गरि क्वारेन्टाइनमा समेत बस्नुभयो। होटेल क्वारेन्टाइमा २ हप्ता बसि तेश्रो टोलीसम्म भेरी अस्पतालको नियमित डयुटिमा फर्किसकेका छन् भने हाल पाँचौ टिम ड्युटिमा खटिरहेका छन ।

जुन अदम्य शाहसका साथ मेरा नर्सिङ कर्मचारीहरु फिल्डमा खटिनु भयो, त्यसले समस्त नर्सिङ पेशाकै शिर उचो बनाएको छ। । न कसैले दुधे बालकको कारण असमर्थताको बहाना बनाउनुभयो, न कसैले अन्य शारिरिक तथा पारिवारिक समस्या देखाइ असहयोग गर्नुभयो । मानवजातिको रक्षार्थ भैरहेको यस महायुद्धमा कर्तव्य परायणताको निम्ति प्यारा नर्सिङ स्टाफ लगायत चिकित्सक, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी सबैलाई धेरै धेरै धन्यवाद ।

श्रेष्ठ भेरी अस्पतालको प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक हुन ।कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको बाँकेमा नर्सहरुको परिचालन मात्र होइन कोरोना संक्रमण रोकथामका लागि उनले नेतृत्वदायी भुमिका निभाइरहेकी छन् । उनले आईतवार व्यक्त गरेको विचार हो यो ।)

प्रकाशित मितिः     7:56:28 AM  |