संक्रमित गर्भवती महिलाको आन्द्रामा समस्या भएपछि आपतकालीन शल्यक्रिया गरिदै


नेपालगन्ज २७ जेठ :  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अछामबाट रिफर गरिएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पाइएको छ ।

अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याएको थियो । उनीसंगै हेलिकप्टमा बेलपाटा अस्पतालमा कार्यरत सिद्धार्थ आउजुलाई पनि ल्याइएको थियो ।

आफ्नै ज्यानमा आगो लगाए पछि उनलाई पनि सोहि हेलिकप्टरमा ल्याइएको भएपनि आउजुको मृत्यु भइसकेको छ ।

अप्रेशन गर्नु अघि स्वाब परीक्षण गर्दा महिलालाई कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । महिला केहि समय अघि मुम्बईदेखि नेपाल आएर क्वारेन्टाईनमा बसेकी थिईन ।

मंगलवार उनको शल्यक्रिया हुँदैछ । महिलासंग सम्पर्कमा आएका १४ जना अस्पताल कर्मचारीलाई क्वारेन्टाईनमा राखिएको छ । अस्पतालको ओपीडि सेवा एकदिन मात्र बन्द हुँदैछ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७७, मंगलवार ०९:१२  |