मेडिकल कलेज कोहलपुरको सूचना–‘भोलिबाट सुरक्षाका साथ सबै सेवा सुचारु हुन्छ ’


नेपालगन्ज २७ जेठ :  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अछामबाट रिफर गरिएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पाइएपछि बिशेष व्यवस्था सहित शल्यक्रियाको तयारी गरिदैछ ।

अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याएको थियो ।

मेडिकल कलेजले गर्भवती महिलाको आन्द्रा बेरिएका आपतकालीन अप्रेशन गर्नुपर्ने भएको बताएको छ । सार्वजनिक सूचना जारी गरी अस्पतालले आन्तरिक ब्यबस्थापनका लागि आज एक दिन मात्र कोहलपूर अस्पतालको सम्पुर्ण बैरंग बिभाग ओपीडि सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालले ‘यसप्रति आम सेवाग्राहीहरुमा पर्न गएको असुबिधाप्रती अस्पताल ब्यबस्थापन क्षमा प्रार्थी छ । भोलि देखी सुरक्षीत साथ सबै सेवाहरु सुचारु हूने समेत जानकारी गर्दछौ ।’ भनेको छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७७, मंगलवार ०९:३०  |