प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्र्तग गुर्भाकोट नगरपालिका -९ भलुखोलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । बुधवार सात जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष नोकेन्द्र खत्रीले बताए ।
कृषकलाई ५० प्रतिशत सहुलियतमा ट्याक्टर वितरण गरिएको हो ।
परम्परागत प्रविधिमा आधारित कृषकलाई आधुनिकीकरण तर्फ लैजान उक्त कार्यक्रम सन्चालनमा छ । वडा अध्यक्ष शशी भटट्राईले ट्याक्टर हस्तान्तरण गरेका हुन ।
सहुलियत प्राप्त गर्ने कृषक दिनेश वलीे, हेमराज ओली, बेगबहादुर डाँगी, नोखबनहादुर खत्री, जग ओली, दिपेन्द्र खड्का, बसन्त रोका रहेका छन् ।
भालुखोला सामुहिक वा एकलरुपमा खेती हुँदे आएको छ । कृषक दिनेश वलीले परम्परागतरुपमा खेती किसानी हुँदै आएकोमा अब भने हाते ट्याक्टरको प्रयोग गरेर आधुनिक शैलीमा तरकारी उत्पादन हुने बताए । यसले कृषकलाई सहज हुने मात्र नभई उत्पादन समेत बृद्धि हुने बिश्वस लिएको कृषक बेगबहादुर डाँगी बताउँछन् ।