नेपालगन्ज २९ जेठ : कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि नेपालगञ्ज मेडिकल कलेजका सह–निर्देशक डा. नितेश कनोडियाले एक लाख रुपैँया दिने भएका छन् । विहीवार नरैनापुर पुगेर उनले सहयोग स्वरुप युवकको परिवारलाई एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।
घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । कोरोनाको हटस्पट नरैनापुरमा डा. कनोडियाले चार सय ३९ परिवारलाई राहात समेत प्रदान गरे ।
डा. नितेश कनोडियाको टिमद्धारा घर फर्किएका करिव २७ हजार नेपालीलाई सहयोग