घरेलु उद्यमीलाई परेको समस्याका बारेमा सहजिकरण गर्दै महासंघ


नेपालगन्ज ३० जेठ :  नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले व्यवसायीलाई परेको समस्याका बारेमा सहजिकरण गर्न छलफल चलाएको छ ।

सोही अन्र्तगत खजुरा कार्यसमिती अन्तर्गत उद्योगी सदस्य तथा खजुरा भित्र रहेका उद्योगका समस्या, बैंक, बिमा, कच्चापदार्थ, बजारिकरण बस्था तथा सम्पुर्ण उद्योग चलायमान बनाउनकालाई आबस्यक पर्ने बैंकको सहयोगमा सहजीकरण , बिमा सहजीकरण तथा जोखिम कम गराउनका बिमा गर्न आह्वान गर्ने, कच्चापदार्थ उपलब्धता सहजीकरण , बजारिकरणमा सहयोग आदि सहयोग सहजीकरण गर्ने उद्देश्य साथ उद्योग निरीक्षण तथा अवलोकन सुरुवात गरिएको हो ।

महासंघका महासचिव गिरिराज भुषालका अनुसार यो कार्यक्रम जिल्लाका सम्पुर्ण पालिकामा हुनेछ । उद्योगलाई सहज चलाएमान बनाउनका लागि बैंक तथा बजार बिस्तारमा मद्दत पनि गर्ने मुख्य उद्देश्य हो ।

कार्यक्रममा नेपाल घरेलुु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेका महासचिव गिरिराज भुसाल, पुर्व कार्यबाहक अध्यक्ष समर बहदुर खत्री, जिल्ला सदस्य बिकास हरि कोइराला , इन्द्रबहादुर खत्री खजुरा गाउँ पालिका अध्यक्ष सुर्य नेपाली महिला उद्यमी समिती अध्यक्ष राधिका खत्री लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः     ३० जेष्ठ २०७७, शुक्रबार १४:२४  |