नेपालगन्ज ३० जेठ : राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको नेपालगन्ज–१० स्थित ‘एनआईडिसी’ भवनमा आइसोलेशन निर्माण गरिएको छ ।
शुक्रवारदेखि नेपालगन्जमा सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा आएको बाँके जिल्ला संकट ब्यवस्थापन समितिले जनाएको छ । सो केन्द्र २५ बेडको रहेको छ ।
सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा ल्याइएको बाँके जिल्ला संकट ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताए ।
बाँके जिल्ला संकट ब्यवस्थापन समितिको मातहत रहने गरी प्रदेश ५ मै पहिलोपटक यस्तो खालको आइसोलेसन केन्द्र संचालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
सो केन्द्रमा अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याव सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतको सुविधासहित आइसोलेसन संचालनमा आएको श्रेष्ठले बताए ।
यसअघि तयार भैसकेपछि सो केन्द्रको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निरिक्षण गरे । त्यसक्रममा उहाँले अधिकतम् सुविधा हुने गरी नमुना आइसोलेसन बनाउन निर्देशन दिनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भवन बाहिर निकै घाँसहरु रहेकोले सो वरपरको सरसफाईदेखि सबै कुराको उपयुुक्त ब्यवस्थापन गर्न विशेष निर्देशन दिए ।