नेपालगन्ज ३१ जेठ : लकडाउन अवधिभर शैक्षिक संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान, भेला, सभा, सम्मेलन, प्रदर्शन, सिनेमा हल, रेष्टुरेन्ट खोल्न लगाइएको रोकलाई निरन्तरता दिइएको छ। सार्वजनिक सवारी साधन बन्द नै रहने छन् भने सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी तथा तालिम संचालन गर्न पाइने छैन । सिनेमा, पार्टी, प्यालेस, सबै प्रकारका मनोरञ्जन र खेलस्थल संचालन गर्न पाइने छैन ।
संचालन
निजी सवारी साधान जोरबिजोर प्रणालीमा सञ्चालन गर्नुका साथै सामाजिक दूरी कायम गरेर स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, कृषि र उत्पादनसँग जोडिएका सेवा, उद्योग, ब्यापार, डिपार्टमेन्टल स्टोर र पसल समेत संचालन गर्न पाइने भएको छ । सपिङ मल भने बन्द रहनेछन् । सामान ओसार पसार गर्न सबै प्रकारका ढुवानी सेवा सञ्चालन गर्न सकिने छ ।
साइकल, मोटरसाइकल तथा मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने, आफ्नो जिल्ला भित्र संचालन गर्न पाइने, चारपाँग्रे सवारीमा चालक बाहेक थप दुई जना चढ्न पाइने, बैंक वित्तीय संस्था, बीमा र सहकारी पनि पूर्ण रुपमा चलाउन पाइने, वन, नर्सरी सम्बन्धि काम गर्न पाइने भएको छ ।
निजी क्षेत्रबाट सञ्चालन हुने विकास आयोजना, जलविद्युत आयोजनाको निर्माण, नदि तथा खानीजन्य उद्योग, उत्खनन्रे, रेष्टुरेन्टबाट प्याकिङ किनेर लैजान पाइने, क्वारेन्टाइनका लागि तोकिएका होटल सहित यातायातका साधन चलाउन पाइने छ ।