सिएहरुको संस्था (एक्यान) बाँके च्याप्टर गठन


नेपालगन्ज ३ जेठ :  बाँके, बर्दिया र दाङ्गमा रहेका चाटर्ड एकाउन्टेन्ट( सिए)हरुको संस्था एशोसिएसन अफ चाटर्ड एकाउन्टेन्टस् अफ नेपाल (एक्यान) को बाँके च्याप्टर गठन गरिएको छ । नवगठित च्याप्टरको अध्यक्षमा सिए बिश्वराम भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा तुलसी प्रशाद काफ्ले, कोषाध्यक्षमा निशा वाग्ले रहेकी छन् ।

कार्यसमिति सदस्यमा तेजप्रकाश दिक्षित, गोपाल पंगेनी, प्रविण सरावग्गी, अनिश अधिकारी, प्रकाश शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारमा कन्हैयालाल टण्डन र अर्जुन केसी रहेका छन् । उक्त समितिले सिएहरुको अधिकारका लागि काम गर्नेछ ।


 

प्रकाशित मितिः     10:36:33 AM  |