पल्सर १५० किन्नेलाई उपलब्ध तीन अप्सन, यस्तो छ मासिक किस्ता


काठमाडौं । बजाजले हालै नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा बाजजको लोकप्रिय मोटरसाइकल १५० शून्य प्रतिशत व्याजदरदेखि नगद छुट सम्ममा खरिद गर्न सकिने छ । यो योजनमा पल्सर १५० टीडी खरिद गर्दा विभिन्न तीन स्कीम मध्ये एक छनोट गर्न सक्नेछन् ।

रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । बजाज पल्सर ट्वीन डिस्कको मूल्य २ लाख ६८ हजार ९०० रुपैयाँ रहेको छ । ४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् । दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । यसको मासिक किस्ताको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

यसैगरि शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसरी खरिद गर्दा लाग्ने मासिक किस्ता तथा डाउन पेमेन्ट बारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

यस्तै ग्राहकले बजाज पल्सर १५० टीडी २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर समेत खरिद गर्न सक्नेछन् । यो योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा बाँकी रकम २ बर्ष भित्र तिर्नु पर्ने हुन्छ । यो योजनमा ग्राहकले १७ प्रतिशत व्याजदर तिर्नु पर्ने छ । २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १५० टीडी खरिद गर्दा लाग्ने शूल्कको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

बजाज पल्सर १५० टीडी

बजाज पल्सर १५०मा १४९ सीसी सिगंल सिलिन्डर एयर कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा १४ पीएस पावर र ७५०० आरपीएममा १३।४ एनएम टर्क प्रदान गर्ने गर्छ ।

यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर रहेको छ । कम्पनीले यसलाई सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएको । यो मोटरसाइकल दुइ कलर अप्सनमा उपलब्ध रहेको छ ।

प्रकाशित मितिः     ४ असार २०७७, बिहीबार ०९:४७  |