होमस्टे प्रवद्र्धनका लागि रु २ करोड विनियोजन


नेपालगन्ज ४ असार :  प्रदेश नं. ५ मा होमस्टे प्रवद्र्धनका लागि प्रदेश सरकारले रु २ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले होमस्टे प्रवद्र्धनका लागि बजेट बिनियोजन गरेको हो ।

स्थानीय समुदायको संलग्नतामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता, परम्परागत पेशा र अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवर्द्धन गरिनेछ । होमस्टेमा पूर्वाधार विकासको लागि रू. २ करोड विनियोजन गरिएको हो ।

प्रदेश ५ मा होमस्टेको आर्कषण बढेको छ । पर्यक आर्कषित गर्न होमस्टे प्रवद्र्धनको आवाज उठ्दै आएको गाभर भ्याली होमस्टेका संस्थापक एवं होमस्टे एशोसिएसन नेपालका उपाध्यक्ष कृष्ण चौधरी बताउँछन् ।

उनले होमस्टेलाई प्राथमिकता दिएको प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धन विकासका लागि निम्न योजना अघि सारेको छ ।-

संस्कृति तथा पर्यटन प्रवर्द्धन

  • पर्यटकीय गन्तव्यहरूको पहिचान र पूर्वाधार विकास गरी पर्यटन व्यवसाय, स्थानीय उत्पादन, स्थानीय कला र संस्कृतिबीच अन्तरघूलन गरिनेछ । साहसिक पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, ग्रामीण पर्यटनलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिएको छु ।
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटक संख्यालाई दृष्टिगत गरी बुद्ध सर्किटका स्थानहरूलाई समेटी बृहत्तर लुम्बिनी पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न रू. २ करोड ५० लाख बजेट विनियोजन गरेको छु ।
  • बाह्रकुने दह, रूरू क्षेत्र तथा स्वर्गद्वारीमा पर्यटकीय पूर्वाधार विकास गर्न तयार भएका गुरूयोजनाहरूको कार्यान्वयनलाई निरन्तरता दिइनेछ । प्रदेशमा रहेका अन्य सम्भाव्य पर्यटकीय गन्तव्यहरूको गुरूयोजना र विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ । साथै प्युठानको स्वर्गद्वारी, रोल्पाको होलेरी, अर्घाखाँचीको नरपानी, पाल्पाको श्रीनगर र गुल्मीको रेसुङ्गामा हिलस्टेशन निर्माणका लागि संभाव्यता अध्ययन सम्पन्न गरिनेछ ।
  • रूकुम पूर्वमा रहेका तातोपानीका मुहानहरूको संरक्षण र विकास गरी स्वास्थ्य पर्यटन प्रवर्द्धनको कामलाई निरन्तरता दिएको छु ।
  • ढोरपाटन शिकार आरक्षमा प्रवेशका लागि रुकुम पूर्वको उपयुक्त विन्दुमा प्रवेशद्वार निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्रदेशको एक शीर्षविन्दुको रूपमा विकास गर्न खोजिएको रूरू क्षेत्रमा पर्यटनको एकीकृत विकास एवम् कालीगण्डकी नदी तथा रिडीखोला नियन्त्रण गर्न नेपाल सरकारसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्ने गरी रू. १५ करोड ५४ लाख विनियोजन गरेको छु ।
  • स्थानीय समुदायको संलग्नतामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता, परम्परागत पेशा र अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवर्द्धन गरिनेछ । होमस्टेमा पूर्वाधार विकासको लागि रू. २ करोड विनियोजन गरेको छु ।
  • प्रदेशका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न एक जिल्ला एक पर्यटन गन्तव्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । साथै प्रदेशका प्रमुख ५० पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन प्रवर्द्धन गरिने छ ।
  • पाल्पाको श्रीनगर र नुवाकोट तथा दाङको घोरदौरामा निर्माणाधीन साँस्कृतिक डबलीको निर्माण कार्य यसै वर्ष सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
  • प्रादेशिक कला, साहित्य र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन र सञ्चालन सम्बन्धी कानून निर्माण गरिनेछ । साहित्य, कला र संस्कृतिको विकास र संवर्द्धनका लागि क्रियाशील संघ-संस्थाहरूको क्षमता अभिवृद्धि तथा प्रदेशस्तरीय वृहत् साहित्य सम्मेलनका लागि बजेट व्यवस्था गरेको छु ।
  • प्रदेशका पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र व्यवस्थापनका लागि सञ्चालित प्रादेशिक संग्रहालयको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • विभिन्न जातजातिहरूको परम्परागत संस्कृतिको प्रवर्द्धन, प्रचारप्रसार तथा विकासका लागि सबै जिल्लामा स्थानीय संस्कृतिमा आधारित सांस्कृतिक महोत्सव आयोजना गर्न बजेट व्यवस्था गरेको छु ।
  • गुल्मीमा २०१८ सालको राजनैतिक आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहिदहरूको सम्मानमा शहादतप्राप्त गरेकै स्थान इस्मा गाउँपालिकाको अमरपुरमा शालिक स्थापना गरिनेछ । साथै, राजनैतिक आन्दोलनमा जीवनउत्सर्ग गर्नुहुने नेत्रलाल अभागीको दाङको घोराही उपमहानगरपालिकामा र सगुनलाल चौधरीको बर्दियाको वारबर्दिया नगरपालिकामा शालिक स्थापना गरिनेछ । सोको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
प्रकाशित मितिः     ४ असार २०७७, बिहीबार १४:१०  |