कोहलपुरमा १२५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना बन्ने, सरकारले सर्वेक्षण अनुमति दियो


नेपालगन्ज ६ असार :  बाँकेको कोहलपुरमा १ सय २५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना निर्माण हुने भएको छ । कोहलपुर र कपिलबस्तुको बाणगंगामा २० मेगावाट स्टोेरेज क्षमता सहितको उक्त सौर्य उर्जा परियोजना निर्माण हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बसेको लगानी बोर्डको ४४ औं बैठकले सौर्य उर्जा सर्वेक्षणका लागि रिसन इनर्जी सिंगापुर जेभि पिटिई लिमिटेडलाई अनुमती दिएको छ ।

कम्पनीले सार्वजनिक –निजी साझेदारीमा विकास तथा सन्चालनका अध्ययन गर्ने छ । सर्वेक्षणका लागि उक्त कम्पनीलाई अनुमति दिएको लगानी बोर्डका प्रवक्ता बलराम रिजालले बताए ।

सौर्य उर्जाका लागि कोहलपुरमा बन्ने देशकै ठुलो मध्येको परियोजना हो । बिद्युत सप्लाईमा यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने छ । लगानी बोर्डले यस बाहेक प्रदेश ५ मा ठुला उद्योग सन्चालनका लागि अनुमति प्रदान गरेको छ ।

प्रकाशित मितिः     ६ असार २०७७, शनिबार ११:१६  |