गुणस्तर नपुर्‍याउने चार सिमेन्ट उद्योगलाई कारबाही(सूचीसहित)


तोकिएको गुणस्तर पुरा नगरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले चार सिमेन्ट उद्योगलाई कारबाही गरेको छ।

विभागले विभिन्न समयमा संकलन गरिएको सिमेन्टको नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।

विभागकाले गुणस्तर प्रमाणपत्र ऐन तथा नियमावलीअनुसार कारबाही गरिएको जानकारी दिएको छ। यसरी मापदण्ड पुरा नगर्ने उद्योगमा चार सिमेन्ट उद्योग, उएटा स्टिल मिल र एउटा ग्यास उद्योग रहेका छन्।

यसरी मापदण्ड पुरा नगरेका कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको छ।

यसरी मापदण्ड पुरा नगरी कारबाही पर्ने कम्पनीहरुमा रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्ट छन्। त्यस्तै एभरेष्ट ग्यास र कमल रोलिङ मिल्स रहेका छन्।

प्रकाशित मितिः     १२ असार २०७७, शुक्रबार १५:०५  |