खजुरा बन्दै गरेको बहुउदेश्यीय सभागृहको नाम मदन भण्डारी सभाहल


नेपालगन्ज १२ असार :  खजुरा गाउँपालिकाको सातौं गाउँसभाबाट वडा नं ३ मा निर्माण भइरहेको बहुउदेश्यीय सभाहलको नाम मदन भण्डारी सभाहल राख्ने निर्णय गरेको छ ।

वडा नंं ४ का अध्यक्ष तिलक वीर सुनारले बाँकेको खजुरा ३ मा निर्माण भैरहेको बहुउद्देश्यीय सभा हलको नामाकरण मदन भण्डारी सभाहल राख्ने कुरा प्रस्ताव राखेपछि हलले पास गरेको छ । सातौं गाउँसभामा वडा नं ।

२ का वडा अध्यक्ष देवीलाल खनालले समर्थन गरेका थिए । त्यसपछी हलले सर्वसम्मतले पास गरेको थियोे । सभाले खजुरा गाउँपालिकाको १५ वर्से आवाधिक योजना पनि सर्वसम्मत पारित गरेको छ

प्रकाशित मितिः     3:20:54 PM  |