नयाँ र सस्तो कारको खोजीमा हुनुहुन्छ ? यी हुन् २५ लाख भन्दा कम मूल्यका ६ कार


कोरोना भाइरसको संक्रमण हुने डरले सबैलाई सताएको छ । यो अवस्थामा सार्वजनिक यातायात चढ्नु नपरे हुन्थ्यो भन्ने धेरैको धारणा छ ।

संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्नु आवश्यक छ । हालैको रिपोर्ट अनुसार कोरोना भाइरसको कारण मानिसहरु निजी सवारी साधनमा बढी ध्यान दिन थालेका छन् । लकडाउनमा ह्याचब्याक कारको बिक्री पनि बढिहेको छ ।

नेपाली बजारमा हाल उपलब्ध ६ ह्याचब्याक कारलाई यसका लागि विश्वासिलो मान्न सकिन्छ । यी ह्याचब्याक विभिन्न फिचरले सुसज्जित हुनुका साथै पहिलो पटक कार किन्नेहरुका लागि उपयुक्त पनि छन् ।

मारुती सुजुकी एस–प्रेसो
मारुती सुजुकी एस–प्रेसोमा के सिरिज १.० लिटर इन्जिनको अपडेट भर्सन उपलब्ध रहेको छ । मारुती सुजुकी एस–प्रेसो स्ट्यान्डर्ड पेट्रोल मोडलको साथमा एसटीडी र एलएक्सआई भेरिएन्टमा २१.४ किलोमिटर प्रति लिटर र भीएक्सआई र भीएक्सआई प्लस भेरिएन्टमा २१.७ किलोमिटर प्रति लिटरको माइलेज उपलब्ध छ । सो कारमा ५५ लिटर फ्युल क्षमताको ट्याङ रहेको छ । यसको सबैभन्दा सस्तो मोडलको मूल्य २२ लाख ९९ हजार सम्म छ ।

रेनो क्विड
रेनो क्विड तीन इन्जिनको विकल्पमा उपलब्ध रहेको छ । यसमा ५४ एचपीको पावर भएको ०.८ लिटर र ६८ एचपीको पावर भएको १.० लिटर पेट्रोल इन्जिन रहेको छ । सो कारले १ लिटर इन्जिन एएमटी गियरबक्सको साथमा २२.५ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । यसको ०.८ लिटर पेट्रोल इन्जिनको माइलेज २२.३ किलोमिटर प्रति लिटर रहेको छ जबकि म्यानुअल गियरबक्सको साथमा १ लिटर इन्जिनले २१.७ किलोमिटर प्रति लिटर माइलेज दिन्छ । सो कारमा एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोयड अटो, एपल कारप्ले सहित अन्य फिचर पनि रहेको छ । सबैभन्दा सस्तो मोडलको मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँ छ ।

हुन्डाई स्यान्ट्रो
हुन्डाई स्यान्ट्रोमा १०८६ सीसीको ४ सिलिन्डर इन्जिन समावेश गरेको छ जसले ५५०० आरपीएममा ६९ पीएसको पावर र ४५०० आरपीएममा ९९ एनएमको टर्क जेनेरेट गर्छ । सो ह्याचब्याकको इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरेको छ । हुन्डाई स्यान्ट्रो बीएस६ मा २० किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । यसको सबैभन्दा सस्तो मोडलको मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ ।

मारुती सुजुकी वागन आर
मारुती सुजुकी वागन आर १.० लिटर र १.२ लिटर पेट्रोल इन्जिनको विकल्पमा उपलब्ध रहेको छ । १.० लिटर इन्जिनले २१.७९ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ भने १.२ लिटर इन्जिनको माइलेज २०.५२ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । मारुती सुजकी वागन आरको सबैभन्दा सस्तो मोडलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ छ ।

टाटा टियागो
टाटा टियागोमा १.२ लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन समावेश रहेको छ । सो इन्जिनले ८५ पीएसको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प रहेको छ । सो कारले १९.८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । सो कारको सबैभन्दा सस्तो मोडलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ छ ।

सुजुकी सेलेरियो
मारुती सुजुकी सेलेरियोमा १.० लिटर पेट्रोल इन्जिन समावेश छ । मारुती सेलेरियोको माइलेज २१.६३ किलोमिटर प्रति लिटर रहेको छ । सो कारको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ छ ।

प्रकाशित मितिः     १६ असार २०७७, मंगलवार ०९:४९  |